दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले पत्रकार पाण्डेलाई युएई सरकारले विना सर्त रिहाइ गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले ‘परराष्ट्रको मौनता, राजदूतलाई हौसला, पराइ भूमि