सिटामोल अभाव छैन : स्वास्थ्य मन्त्रालय

सरकारले सिटामोलको अभाव नभएकोे बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीले बजारमा सिटामोललगायत अन्य कुनै पनि औषधिको अभाव नभएको जानकारी दिनुभयो । बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै अधिकारीले औषधि अभाव नभएको प्रष्ट पार्नुभएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्र्तगत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारमा रहेको उहाँको भनाइ छ । त्यसैगरी सरकारी फार्मेसीमा एक करोड भन्दा बढी मात्रामा सिटामोल छ । सिटामोललगायत अत्यवश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सरकारी अस्पताल र प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई निर्देशन दिएको अधिकारीको भनाइ छ ।

सम्बन्धित सामग्री

संक्रमण फैलिँदा  सिटामोलको सधैँ संकट

स्वास्थ्य मन्त्रालय भन्छ– अभाव छैन, तर सरकारी अस्पतालमै पाइँदैन डेंगु ज्वरोका बिरामी बढेसँगै केही दिनदेखि सिटामोल अभाव देखिन थालेको छ । देशका अधिकांश जिल्लामा फैलिएको डेंगु र अन्य संक्रामक रोगका कारण सिटामोल...

सिटामोल अभाव हुन नदिन गृहमन्त्री र मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायत औषधिको अभाव अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।  बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर औषधि अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सो लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, […]

सिटामोल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायतका औषधि अभाव नहुने व्यवस्था गर्न निर्देशन दिएका छन्। अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन्। बुधबार बिहान प्रधानमन्त्री निवासमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत…