सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेर मोडल एजेन्सी सञ्चालकबाट आफू ‘बलात्कृत’ भएको आरोप लगाउने पिडित युवती बस्ने घरमा प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् । टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् ।