नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताए ।उनले रातोपाटीलाई भने, 'स्थानीय निर्वाचनअघि देखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको छ । बीचमा निर्वाचनका कारण राखिएको थियो । आज त्यसमा छलफल हुन लागेको हो ।'भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन