काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शुक्रवार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ ।