भरतपुर महानगरपालिका र सिगात्से सहरबीच समझदारी

काठमाडौं- भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ। दुवै नगरका प्रमुखले त्यससम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहरका प्रमुख लिउ स्वाचुङले समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रारम्भमा पाँच वर्षका निम्ति भगिनी सम्बन्ध कायम गरिएको छ। […]

सम्बन्धित सामग्री

भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं, २३ कार्तिक । चितवनको भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले महानगर र सिगात्से शहरबीच स्थापित सम्बन्धबारे फेशबुकमार्फत जानकारी गराएकी छिन् । उनले लेखेकी छिन्- […]

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ । ती दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाड्ग फड्ग हुड्ग बीच दुई पक्षीय सहमति भएको हो । दुई सहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताको बीचमा सुमधुर …

भरतपुर महानगर र चीनको सिगात्से सिटीबिच सहमति

भरतपुर महानगरपालिका र चीनको सिँगात्से सिटीबिच आपसी हितको विषयमा सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालबिच दुई सहरबिच एकआपसमा सहयोग आदनप्रदान गर्ने सहमति भएको हो । कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबिच सहम