प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी तेस्रो दिनको सुनुवाइमा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने कि नपाउने भन्ने विषयमा रोचक सवाल–जवाफ भएको छ ।
अधिवक्ता हर्कबहादुर रावलले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था संविधानका नरहेको तर्क पेश गरेपछि उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरे– बहुमतको सरकारले विश्वासको मत लिन कहाँ जाने ?
रावलको जवाफ– संसद्मा जाने नि ?
प्रधानन्यायाधीश जबरा&ndas...