ताइवानका प्रधानमन्त्रीले जुनसुकै विदेशी अतिथिलाई ‘न्यानो स्वागत’ गर्ने बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको सम्भावित ताइवान भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री सु त्सेङ–चाङले उक्त धारणा राखेका हुन् ।सभामुख पेलोसी अहिले एसिया भ्रमणमा छन् । भ्रमणका क्रममा उनी ताइवान जाने अनुमान गरिएको छ । उनको सम्भावित ताइवान भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको छैन् । तर उनको सम्भावित भ्रमणलाई लिएर बेइजिङ सशंकित बनेको छ । पेलोसीको एसिया भ्रमणको