दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गर्छाैँ : निजी डेरी उद्याेगी

काठमाण्डाै – निजी डेरी उद्याेगहरूले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाउने भएका छन् । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग अर्थात् डेरीहरूको सङ्गठन नेपाल डेरी एसोसिएशन र डेरी उद्योग सङ्घले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने जानकारी गराएका हुन् । अब दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको बजार मूल्य प्रतिलिटर ७६ रुपैयाँ र आधा लिटरको मूल्य ३८ रुपैयाँ थियो । अब आधा लिटर रहेको एक प्याकेट दूधको मूल्य ४३ रुपैयाँ का...

सम्बन्धित सामग्री

आजदेखि डीडीसी दूध लिटरको ९७ रुपैयाँ

काठमाडौं - सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि लागु हुनेगरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाइसकेका छन् ।   'मन्त्रिपरिषदले न...

बढेको दूधको मूल्य फिर्ता

काठमाण्डाै - केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ । डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको...

दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ बनाउने निजी डेरी उद्योगीको निर्णय

काठमाडौं । निजी डेरी उद्योगहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने घोषणा गरेका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने (कच्चा) दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँले वृद्धि गरी ५४ रुपैयाँ ०४ पैसा पुर्याउने निर्णय गरेको थियो । सरकारले कच्चा दूधको मूल्य बढाउने निर्णय गर्दै उपभोक्ता मूल्य निर्धारण गर्ने...

दूधको मूल्य लिटरमै नौ रुपैयाँ वृद्धि

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र देशभरका निजी डेरी उद्योगीले शुक्रबारबाट लागू हुने गरी प्रशोधित दूध (पाउच)को मूल्य प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरेका छन् । डिडिसी र व्यवसायीको यो निर्णयसँगै...

मनमौजी डेरीवाला

निजी डेरी उद्योगीहरूले सरकारी निर्णय नआउँदै आफूखुसी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण गरेपछि घाटा लाग्ने भन्दै प्रदेश १ र लुम्बिनी प्रदेशका डेरीले उपभोक्ता मूल्य बढाएका हुन् ।

निषेधाज्ञाका कारण चितवनमा आधा मूल्यमा पनि दूध विक्री भएन

वैशाख २५, चितवन । दोस्रो लहरको कोरोना महामारीका कारण जारी निषेधाज्ञाको प्रत्यक्ष असर दुग्ध किसानमा परेको छ । निषेधाज्ञा शुरु भएदेखिनै दूधको विक्रीसँगै  मूल्य पनि आधा घटाउनु परेको किसानले गुनासो गरेका छन् । निषेधाज्ञा अघिपनि उधारोमा दूध विक्री गर्दै आएका किसान निषेधाज्ञा लागू भएपछि दूध विक्री नहुँदा चिन्तामा परेका हुन् । हाल कतिपय दुग्ध सहकारी तथा किसानहरुलाई झण्डै आधा मूल्यमा लगेर घर - घरमा दूध बेच्नु पर्ने बाध्यता आइलागेको छ ।  भरतपुरमा १६० ओटा गाईपालन गर्दै आएका किसान गोपी ढकाल निषेधाज्ञा भएका कारण दूध नै विक्री हुन नसकेको बताउँछन् । ‘मेरोमा दैनिक १ हजार १५० लिटर दूध उत्पादन हुन्छ’, उनले भने, ‘अहिले घर- घरमा गाडीमा राखेर डुलाउँदा पनि आधा फिर्ता हुन्छ ।’ खुद्रा मूल्यमा दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँसम्म भएपनि हाल घरघरमा दूध पुर्‍याउँदा ५० रुपैयाँमा विक्री गर्नुपरेको उनको भनाइ छ । औषत प्रतिलिटर किसानको लागत मूल्यनै ६० रुपैयाँ पर्दछ । जिल्लामा रहेका अधिकांश दूध डेरी,पसल  पूर्णरुपमा नखुलेका र होटल, रेष्टुरेण्ट पनि बन्द नभएका कारण दूधको खपत आधाभन्दा कम भएको हो । दूधको खपत नबढ्दा र उत्पादन भने उही अनुपातमा भएपछि किसानले नजिकका दुग्ध सहकारीमा लैजाने गरेपनि सहकारीले पनि दूध बिक्री गर्न सकेको छैनन् । जिल्लामा उत्पादन हुने दूध देशका मुख्य शहर काठमाडौं, पोखरा जाने गरेपनि हाल ती खरीदकर्ताले दूध लिन मानेका छैनन् । भरतपुर महानगरपालिका - १६ वरमपुर दुग्ध प्रशोधन केन्द्रका सञ्चालक डिलाराम कंडेल दूधको माग र  खपत नहुंँदा किसानको दूध बिक्री हुन नसकेको बताउँछन् । ‘पहिले दैनिक १ हजार ६०० लिटरसम्म दुध खरीदविक्री हुन्थ्यो अहिले आधा घटाउनु परेको छ’, उनले भने ।  जिल्लाको  दुग्ध विकास संस्थानको  दूध प्रशोधन केन्द्र तथा अन्य निजी डेरी फर्महरुले पनि निशेधाज्ञापछि दूध लिने छाडेका छन् । जसका कारण किसानले दूध उत्पादन भएपनि विक्री गर्न नसक्नुका साथै घरमै पनिर र घ्यू बनाउन प्रयोग गर्नु पर्ने बाध्यता छ । ती उत्पादनसमेत विक्री हुन्छ कि हुँदैन निश्चित छैन ।  स्थानीय अधिकारी कृषि फर्मका किसान कुलानन्द अधिकारी उनको फर्ममाा दैनिक २०० लिटर दूध उत्पादन भएपनि दुग्ध विकास संस्थान र नीजि डेरी फर्मले दुध नलिँदा खेर जाने गरेको बताउँछन् । ‘हामीले चार महीनादेखिको भुक्तानी पनि पाएको छैन’, उनले भने, ‘अहिले उधारोमा लैजानुस भन्दा पनि लाँदैनन, आफ्नो फर्ममा उत्पादित दूध नजिकका पसलहरुमा विक्री गरेपनि बाँकी दूधको पनीर र घिउ बनाएको छु ।’ दूध विक्री नहुनु, बक्यौता नपाउनु र दानाको मूल्य अस्वभाविक रुपमा बढ्दा किसानहरु थप चिन्तामा समस्यामा परेका छन् । दूधको उत्पादन र विक्री एवं लामो समयसम्म भण्डारण गर्न नसक्दा किसानहरु थप मर्कामा परेका हुन् । किसानका समस्याका विषयमा राज्यनै उदासिन हुँदा किसानले यस्तो समस्या भोग्नु परेको बताउँछन् चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले । ‘निशेधाज्ञामा एकत दूध विक्री भएको छैन, दानाको मूल्य एकसातामै बोरामा ३०० रुपैयाँ बढेको छ ’, उनले भने, ‘दूध उधारोमा पनि बिक्दैन, दाना उधारोमा पाईदैंन ।’  देशको संक्रमणकालीन अवस्थामा राज्यले सहकार्य र समन्वय गरे आफूहरुले फाइदा विनानै उपभोक्ताको घरघरमा दूध पुर्‍याउन सक्ने उनले बताए । ‘राज्यले ५ रुर्पैयाँ प्रतिलिटर अनुदान देवस हामी प्रतिलिटर ४० रुपैयाँमै उपभोक्ताको घरमै पुरयाउँछौं’, वगालेले भने ।  एकातिर दूध विक्री भएको छैन भने अर्कातिर दानाको मूल्य भने बढ्दा लाखौं रुपैयाँ ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा किसान पुगेका छन् । गतवर्ष देखिनै घाटा व्यहोर्दै आएका किसानहरु बैंकको ब्याज नियमित गर्न नसक्दा दोस्रो लहरको निषेधाज्ञापछि झन थला परेका छन् ।  व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले भने ,‘दूध विक्री नहुँदा र दानाको मूल्य बढ्दा किसान बाँच्ने कि चौपाया बचाउने, हामी निकै चिन्तित र निराश छौं ।’ राज्यले किसानसँग समन्वय र सहकार्य गर्न नसक्दा हजारौं किसान विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।  जिल्लामा हाल दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ ।यसको ४० प्रतिशत हाराहारीमै जिल्लामा खपत हुन्छ भने बाँकी जिल्ला बाहिर जाने गरेको छ ।  यहाँ ११० ओटा दुग्ध सहकारी रहेका छन भने औषत ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।