मनमौजी डेरीवाला

निजी डेरी उद्योगीहरूले सरकारी निर्णय नआउँदै आफूखुसी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण गरेपछि घाटा लाग्ने भन्दै प्रदेश १ र लुम्बिनी प्रदेशका डेरीले उपभोक्ता मूल्य बढाएका हुन् ।