काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रवारसम्म चल्नेछ। क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेशियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ। अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन्।विकासको