त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना गरेको छ । राजधानीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON's Annual International Conference Economics) अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित बंगलादेश, पाकिस्तान, भारतका गरी ६० भन्दा बढी अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारहरूको सहभागिता रहेको थियो । सम्मेलनमा प्यानल छलफल तथा ६ वटा समानान्तर प्रस्तुततिकरण राखिएको