कुखुराको मासुमा मूल्यवृद्धि गरी बिक्री गर्ने मासु पसललाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।
विभागले सोमवार बजार अनुगमनका क्रममा मूल्यवृद्धि गरी बेचेको पाइएपछि बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऎन २०७५ को दफा २०(२) विपरीत व्यापारिक क्रियाकलाप गरेको पाइएकोले जरिवाना गरेको जानकारी दिएको छ ।
बजारमा कुखुराको मासूको मूल्य निकै आकाशीए पछि विभागले अनुगमन गरेको जनाएको छ ।
बजा...