लुम्बिनीको विकासमा सहकार्य गर्ने प्रतिबद्धता

लुम्बिनीको विकास र प्रवर्धनका लागि प्रदेश सरकारहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात मुलुकका सातै प्रदेशका मन्त्री सचिवहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । सातै प्रदेशका मन्त्री, सचिव तथा महान्यायाधिवक्ताहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा जानकारी गराउनुभएको थियो । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मत कुमार कार्की, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता व्यक्त गर्नुभएको हो । त्यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सचिवहरु तथा महान्यायाधिवक्ताहरुले अध्ययन अवलोकन भ्रमण गर्नुभएको कोषका बरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । लुम्बिनी भ्रमणको लागि आउनुभएका मन्त्री, सचिव तथा महान्याधिवक्ताहरुलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले ‘लुम्बिनी गुरुयोजना र बुद्धिज्म’को बारेमा जानकारी गराउनुभएको थियो ।

सम्बन्धित सामग्री

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता

नेपाल–जापान द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नेमा जोड दिँदै एकदिने भ्रमणका लागि आइतबार आएकी जापानी विदेशमन्त्री योको कामीकावा स्वदेश फर्केकी छन् । उनले आर्थिक विकासमा नेपालले राखेको लक्ष्य पूरा गर्न जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

मधेश र गण्डकीबीच पर्यटन सहकार्य : RajdhaniDaily.com

RajdhaniDaily.com | बर्दिबास । पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता -

३९ देशका कला प्रदर्शन गरेर शुरु भयो 'अन्तरराष्ट्रिय जलरङ महोत्सव'

काठमाडौँ : विभिन्न ३९ देशका कलाकृति प्रदर्शनीसहित काठमाडौँमा आजदेखि तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) शुरु भएको छ। बबरमहलस्थित नेपाल कला परिषद्‍मा शुरु महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे। उक्त समारोहमा बोल्दै उनले  कलाले मुलुकको पहिचान विश्वसामु पुर्‍यउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको औँल्याए। उनले कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो क्षेत्रबाट सम

बागलुङको विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।...

इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच सहकार्य

काठमाडौं । सूचनाप्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ । बैंक तथा वित्तीय संस्थालाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न यी दुई कम्पनीबीच सहकार्य गरिएको हो । सहकार्यसँगै मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ । रणनीतिक साझेदारीले सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग पुग्ने विश्वास इन्फोडेभलपर्स एमओएसले लिएको छ । डिजिटल जगत्लाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएसले राखेको छ । दुवै कम्पनीको राम्रा पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याइने बताइएको छ । नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जीव राजभण्डारी नियुक्त भएका छन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा उमेश रघुवंशी र सह प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र वज्राचार्य नियुक्त भएका छन् । नेपालको आईटी तथा बैंकिङ क्षेत्रका लागि नयाँ आयाम शुरू गर्न पाउँदा गर्व महसूस भएको कम्पनीले बताएको छ । परिवर्तन चुनौतीपूर्ण भए पनि ग्राहक तथा साझेदारलाई सहज बनाउने कम्पनीको प्रतिबद्धता छ ।

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि

महानगरको विकासमा नीतिगत सहयोग गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले आफू काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरको २८ औं महानगर दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले महानगरको विकासका लागि नीतिगत सहयोगको प्रतिबद्धता जनाए । उनले भने, ‘विगतदेखि नै शहरी विकास मन्त्रालयले महानगरपालिकासँग समन्वय गरेर शहरी सौन्दर्य, शहरी स्वास्थ्य र शहरी वातावरण निर्माण गर्न […]

जलविद्युत् विकासमा सहकार्य गर्ने प्रतिबद्धता

नेपाल समाचारपत्र, काठमाडौं । जलविद्युत् क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि धादिङको धुनिबेशी–५ मा रहेको शेषकान्त फाउन्डेशन र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ‘इप्पान’का बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकाल र इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा नेपालका लागि जर्मन राजदूतावासका द्वितीय सचिव सिमन म्याक्सिमिलान […]

विकासमा सहकार्य गर्ने प्रतिबद्धता

दाङ-जिल्लाको आर्थिक विकासमा सहकार्य गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारी एवं सदस्यलाई स्वागत तथा शुभकामना दिन आयोजित कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागीहरूले जिल्लाको आर्थिक विकासमा निजी क्षेत्रसँंग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन् । यसका लागि नेतृत्व लिन निजी क्षेत्रको छाता संघको रूपमा रहेको […]

‘देशको शिर निहुरिने काम गर्दिनँ’

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै विकासमा छिमेकीको सहकार्य जुटाइने बताएका