गत बैशाख ११ गते जिल्लाको ज्वालामुखी गाउँपालिकाकी १७ वर्षीया किशोरी आफ्नै काका (कान्छा बुबा)बाट बलात्कृत भएको घटना सार्वजनिक भयो। पटक–पटक बलात्कार हुँदा ती किशोरी गर्भवती भइन्। पेटमा भएको बच्चा फालेर घटनालाई लुकाउने प्रयासमा परिवारका सदस्य नै सक्रिय भए।