बैंकक : थाइल्याण्डले मङ्गलबार गाँजालाई लागुऔषधबाट हटाई वैधानिक रूपमा मान्यता दिएको छ।यसरी थाइल्याण्ड गाँजालाई लागुऔषधबाट हटाउने एशियाको पहिलो देश बनेको छ।लागुऔषध नियन्त्रण बोर्डले गाँजालाई मन्त्रालयको प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाउन स्वीकृति दिएको स्वास्थ्यमन्त्री अनुतिन चरणवीराकुलले घोषणा गरेका छन्।स्वास्थ्य मन्त्रालयको खाद्य तथा औषधि प्रशासनले लागुपदार्थको सूचीबाट हटाउन अब स्वास्थ्यमन्त्रीको औपचारिक हस्ताक्षर आवश्यक हुनेछ र आधिकारिक राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागू हुनेछ।एसोसिएटेड प