संघीयता कार्यान्वयनका लागि तत्काल संघीय निजामती ऐन ल्याउनु पर्ने निष्कर्ष सबै प्रदेशका सभामुख तथा उपसभामुखको भेलाले निकालेको छ । धनकुटाको हिलेमा राष्ट्रियसभाका अध्यक्षसहित प्रदेशका सभामुख तथा उपसभामुखहरू सहभागी ‘संघीयता प्रबर्द्धनमा प्रदेशसभाको भूमिका’ विषयक अन्तरप्रदेश समीक्षात्मक गोष्ठीले विभिन्न १६ वटा निष्कर्ष प्रस्तुत गरेको हो ।कार्यक्रमपछि जारी विज्ञप्तिमा नेपाली संघीयताको स्वरुपका आधारमा संघीयताको कार्यान्वयन हुनुपर्ने तथा संविधानको धारा ५६ (६) र संघ, प्रदेश, स्थानीय तह (समन्व