भ्रष्टाचार मुद्दामा अख्तियारको नियन्त्रणमा रहेका सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना धरौटीमा रिहा भएका छन् । रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव मंगलबार विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।