काठमाडौं : ८० करोड ठगी गरेको आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।पूर्वसञ्चालकहरु रविन महर्जन, राजु महर्जन र शैलेश खड्गीलाई अदालतले आइतबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविनलाई २० लाख, राजुलाई १५ लाख र शैलेशलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।सोही मुद्दामा सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का र सचिव विशाल केसीलाई पुर्पक्षका