कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘बीपी विपत् कोष’ निर्माण गर्ने भएको छ ।
नेपाली कांग्रेस कास्कीले विभिन्न ८ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मंगलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिए ।
पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने उनले जानकारी दिए । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शु...