सडक निर्माणको काम अगाडि बढाउन युवासंघको आग्रह

बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल निर्माणको काम अगाडि बढाउन युवा संघ नेपाल रुपन्देहीले आग्रह गरेको छ । बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिँडडुलमा समेत समस्या उत्पन्न भएको छ ।  खाल्डाखुल्डी तत्काल पुरेर हिँड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।  युवासंघ रुपन्देहीका अध्य...

सम्बन्धित सामग्री

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोशः काम तपाईं बिगार्ने, गाली हामीले खाने ?

सडक आयोजना वा निर्माण कम्पनीको कमजोरीले काम बिग्रिने तार जनताले सास्ती पाएको भन्दै तत्काल काम अघि बढाउन आग्रह गरे।

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोशः काम तपाईं बिगार्ने, गाली हामीले खाने ?

सडक आयोजना वा निर्माण कम्पनीको कमजोरीले काम बिग्रिने तार जनताले सास्ती पाएको भन्दै तत्काल काम अघि बढाउन आग्रह गरे।

कालीगण्डकी कोरिडोरको ट्र्याक खोल्नै सकस

पर्वत । दुई वर्षभित्र कालोपत्र गरिसक्ने लक्ष्यसहित शुरू गरिएको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको काममा ढिलाइ भएको छ । जिल्लाको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको खण्डमा अझै ट्र्याक खोल्न सकिएको छैन । कडा चट्टान भएकाले उक्त खण्डमा ट्र्याक खोल्न कठिन भएको हो । २०७७ फागुन १६ मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको सडक कालोपत्र गर्ने कामको शिलान्यास गरेका थिए । तर मुडिकुवादेखि अर्मादीसम्मको खण्ड विस्तार हुन सकेको छैन । करीब १५ किलोमिटर खण्डको ट्र्याक खोल्नै समस्या भइरहेको भए पनि समग्रमा हालसम्मको भौतिक प्रगति ९० प्रतिशत पुगेको कालीगण्डकी कोरिडोरअन्तर्गत गैंडाकोट–रामदी–मालढुंगा खण्डको पाल्पास्थित कार्यालयका प्रमुख शंकर पौडेलले बताए । ठेकेदारले ट्र्याक खोल्ने काम अन्तिम पुर्‍याएको उनको भनाइ छ । ‘अर्मादी मुडिकुवाको ट्र्याक खोल्ने काम अन्तिम चरणमा छ । यो ठेक्का साधारण ट्र्याक बनाउन मात्र हो । यो काम सकिएपछि कालोपत्रसम्मको कामका लागि अर्को टेन्डर आह्वान गर्नुपर्छ । यो भागमा काम गर्न एकदम चुनौतीपूर्ण छ,’ पौडेलले भने, ‘मोदीवेणी धाममा रहेको नृसिंहधाम मन्दिरदेखि अर्मादीतर्फ जानेतर्फको काम गर्न सकस भयो ।’ सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्र्याक केही महीनायता खुलाउने काम भइरहेको छ । ट्र्याक खोल्ने जिम्मा लिएका व्यवसायी दीपक रैसवालले लगातार काम भइरहेको दाबी गरे । भीरको चट्टान काट्ने क्रममा माथिबाट झर्ने ठूला ढुंगाले अप्ठ्यारो पारिरहेको उनले बताए । मोदीवेणी धामदेखि अर्मादीतर्फको भागमा रहेका कठिन स्थानमा ट्र्याक खुलाउने काम लगभग सकिन लागेकाले आफ्नो जिम्माको काम पूरा गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । आयोजना कार्यालयले भने चालू वर्षमा ढिक–अर्मादीको १४ किलोमिटरबाहेक पर्वत खण्डमा पर्ने २८ किलोमिटर सडक कालोपत्र सकिने दाबी गरेको छ । ढिक–अर्मादी खण्ड मापदण्डअनुसार पूरा भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन लगायत काम सकेर बजेट माग गरिने आयोजना कार्यालयले बताएको छ । उक्त काम आगामी वर्ष मात्र शुरू हुनेछ । फलेवास खण्डमा रोकिएको काम अघि बढाउन आयोजना प्रमुख र व्यवसायीलाई पटक पटक आग्रह गरेको फलेवासका नगरप्रमुख गंगाधर तिवारीले बताए । पर्वतका मुख्य बस्ती समेट्ने यो सडकले दक्षिणका एक नगरपालिका र तीन गाउँपालिकाको बस्ती जोड्छ ।

तिनाउको सिग्नेचर ब्रीज  निर्माणको काम अघि बढाउन आग्रह

बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रीजका बारेमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ ।तिनाउ नदीमा बन्ने पुलको डिजाइन तयार भइसकेपछि बुटवलमा पुल निर्माणका सजिला र अफ्ठ्याराका बारेमा बुटवलका नगरप्रमुख खेलराज पाण्डेयसँग छलफल भएको हो । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले लाभ लिने गरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए ।छलफल कार्यक्रममा सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल

बजार क्षेत्रकै सडक विस्तार अलपत्र

वीरेन्द्रनगर नगरपालिकाकाले मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउन सकेको छैन। सडक विस्तार योजना एक वर्षदेखि अलपत्र छ। नगरपालिकाले बारम्बार सूचना जारी गरी अतिक्रमित क्षेत्रबाट घरटहरा, टेलिफोन तथा खानेपानीका पाइपलाइन, पर्खालजस्ता संरचना हटाउन आग्रह गर्दै आएको छ। सडक विस्तार तथा स्तरोन्नतिका लागि सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काममा उल्लेखनीय प्रगति भएको देखिएको छैन। गत वर्ष भदौ १७ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म उक्त सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। समय निकै घर्किसक्दा पनि नगरपालिकालाई सडक क्षेत्रका संरचना हटाउन हम्मेहम्मे परेको छ। विद्युत्, खानेपानीजस्ता सेवा प्रदायक निकायले समेत आफ्ना संरचना सार्न ढिलाइ गर्दा सडक विस्तारको काम प्रभावित बनेको हो।

विराटनगरको बृहत्तर विकासका लागि संगठनको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले बृहत्तर विकासलाई ध्यानमा राखेर तत्कालीन र मध्यकालीन रूपमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ । नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई संगठनको सचिवालयमा स्वागत तथा बधाई ज्ञापन गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत विभिन्न कार्य अघि बढाउन सुझाएका हुन् । संगठनले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुनेगरी सुधारका काम गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरले सडक, नाला लगायत पूर्वाधार निर्माण भएकाले सानोतिनो वर्षामा समेत विराटनगर डुबानमा पर्दै आएको बताए । महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरूको सुझाव लिई दीर्घकालीन सोचका साथ काम गर्न उनले अनुरोध गरे । महानगरको मध्यकालीन योजना अन्तर्गत विराटनगरमा स्थायी किसिमको औद्योगिक प्रदर्शनीस्थलको आवश्यकता रहेकाले संघ र प्रदेश सरकारको सहयोग लिएर निर्माणको अगुवाइ लिन अध्यक्ष प्याकुरेलले आग्रह गरे । रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरू पुन: सञ्चालनमा ल्याए रोजगारीका अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनले बताए । एकीकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीद्वारा उत्पादित वस्तुको विक्रीवितरणका कक्ष निर्माण, स्टार्टअपहरूको प्रवर्द्धनका माध्यमबाट युवाको उद्यमशीलता विकासमा सघाउने कार्यक्रम ल्याउन समेत उनले अनुरोध गरे । नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरका रूपमा परिचित विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण आफ्नो प्राथमिकतामा पर्ने भएकाले आफ्नो कार्यकालमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग नयाँ योजनासहित सञ्चालनमा ल्याउन आफू लागिपर्ने उनले उद्घोष गरे । साथै करका दर घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको उनले बताए ।

जोगबनी–कटहरी रेलमार्ग विस्तारको कामले गति पाउन सकेन

चैत २, विराटनगर । मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ । सयौं उद्योग र लाखौं कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । यसको प्रमुख कारण हो, उद्योग व्यवसायका लागि आवश्यक पूर्वाधारको निर्माण हुन नसक्नु ।  औद्योगिक पूर्वाधार विस्तार नहुँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ लगानी थपिन सकेको छैन । करिडोरलाई लक्षित गरेर निर्माण शुरु गरिएका पूर्वाधार विस्तारका योजना लामो समयदेखि अलमल छ ।  यसले औद्योगिक विकासको गतिलाई सुस्त बनाइरहेको छ । औद्योगिक विकासका लागि निर्माण शुरु गरिएका जोगबनी–कटहरी ब्रोडगेज रेलमार्ग योजनाले गति पाउन सकेका छैनन् । यसको निर्माणमा भएका ढिलासुस्तीमा जनप्रतिनिधिले चासो राख्न थालेका छन् । पछिल्लो समयमा रेल वे परियोजनाले काममा तीव्रता दिन थालेपनि रङ्गेली र विराटनगरको हुलाकी मार्गमा रेल सडकबाटै आवतजावत गर्ने कार्यको जनप्रतिनिधिले कडा विरोध जनाएका छन् । हुलाकी मार्गमा रेल प्रवेश गर्ने समयमा बाटो बन्द गरेर रेल प्रवेश गराउने कार्य राम्रो नभएको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले बताए ।  उनले आधा घण्टा बाटो बन्द गरेर राजमार्गलाई ठप्प पार्ने र सोही समयमा अतिआवश्यक सवारी साधान पनि रोकिनु पर्ने कारणले जनताले दुःख पाउने गरेको हुँदा यसको विरोध भइरहेको बताए ।  भारतमा कुनै पनि ठाउँमा रेलले बाटो काट्दा बन्द नगर्नुपर्ने र यसका लागि भारत सरकारले त्यहाँ आकाशे पुल वा सडक मुनि प्रवेश मार्ग बनाएर राजमार्गलाई खुला बनाएको हुन्छ । यस्तो अवस्था नेपालमा किन नहुने प्रश्न गर्दै प्रमुख बगडियाले यसका लागि समयमै सोच्नुपर्ने बताए ।  उनले जनतालाई पीरमर्का पर्ने कुनै पनि काम हामी हुन दिने छैनौ भन्दै यसका लागि नेपाली सरकारले समयमै गम्भीर हुनु पर्नेमा जोड दिए । कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले समयमै सुझबुझ गरेर काम नगरे हामी विरोधमा निस्कने र रेलको काम हुन नदिने बताए । धनपाल थान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले दक्षिणी क्षेत्रको महत्वपूर्ण मानिएको हुलाकी राजमार्गमा रेल प्रवेश गराउँदा जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने हुन्छ, अन्यथा यसको विरोधमा निस्कन बाध्य हुनुपर्ने बताए ।  हुलाकी राजमार्ग प्रयोग गर्ने सुनवर्षी नगरपालिका र रतुवामाई नगरपालिकाका जनप्रतिनिधिले पनि यसमा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले हुलाकी राजमार्गलाई पार गर्ने रेल योजना जनताको भावना अनुसार नै बढ्नुपर्ने जानकारी दिँदै जनताको भावना र इच्छानुसार नभएको काममा बाधा उत्पत्र हुने बताए । पछिल्लो समय रेल–वे परियोजनाले निर्माणको काम अगाडी बढाइरहेको थियो ।  तर, कटहरीका केही स्थानीयवासीले जग्गाको मुआब्जामा चित्त नबुझाएपछि पुनः कामले गति लिन सकेको छैन । केन्द्रीय सदस्य घिमिरेले स्थानीयवासीसँग अदालतबाट आउने फैसलालाई पालना गराउने गरी तत्काललाई परियोजना अगाडी बढाउन समझदारी गरिदिन आग्रह गरे ।      बथनाहा–कटहरी १८ दशमलव ६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किलोमिटर पर्छ । तीमध्ये सात किलोमिटर क्षेत्रमा भने आवश्यक काम पूरा भइरसकेको छ । बुधनगरको लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटरमा ट्रयाक खोल्ने काम भइरहेको छ ।  कटहरीको अन्तिम स्टेशनतर्फका केही जग्गाधनीले मुआब्जामा चित्त नबुझाएपछि अदालतमा मुद्दा हालेका छन् । फलस्वरुप त्यस क्षेत्रका काम अगाडी बढाउन समस्या भइरहेको छ । भारतले सरकारसँग बथनाहा–कटहरी खण्डको रेलमार्गका लागि २ अर्ब ८० करोड भारुको लगानी गर्ने सम्झौता भएको थियो । रासस

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख विजयकुमार सरावगीले बितेका २०/२५ वर्षमा हुन नसकेको विकास निर्माणको काम आफूले साढे ४ वर्षमा गरेको दाबी गरे । आफूले महानगरको नेतृत्व सम्हाल्दा महानगर ऋणमा डुबेको बताउँदै प्रमुख सरावगीले भने, ‘महानगरले सीमित स्रोतका बीच विकास निर्माण र नागरिकलाई सेवा प्रवाहमा उल्लेखनीय काम गरेको छ ।’ विगतको तुलनामा महानगरको आयस्रोतमा सुधार आएको पनि उनले बताए । महानगरले कोरोना महामारी नियन्त्रणमा नमूना काम गरेको पनि उनको भनाइ छ । उज्यालो वीरगञ्ज, पूर्ण खोपजस्ता नमूना कार्यक्रम अन्य पालिकाका लागि पनि अनुकरणीय भएको उनले बताए । ‘फोहोर व्यवस्थापनमा निजीक्षेत्रको सहभागिता, अस्पतालजन्य फोहोर व्यवस्थापन, सडक, नाला, बसपार्कजस्ता संरचनाको निर्माण तथा नागरिकलाई सेवा प्रवाहमा व्यापक सुधार आएको छ । यसलाई अझ प्रभावकारी बनाउन नगरवासीको रचनात्मक सहकार्यको खाँचो छ,’ उनले भने । वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्ने योजना पनि सरावगीले सुनाए । ‘वीरगञ्जको मध्यभागका रहेको कारागारका कारण विभिन्न समस्या भएको छ । यसलाई मुख्य शहरबाट केही पर सार्ने योजना छ,’ उनले भने । नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरावगीले विभिन्न योजना अघि बढाउन समस्या भएको बताए । महानगरले युवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, रोजगारी, उद्यम, व्यापार प्रवद्र्धनलगायत कार्यक्रम ल्याएको उनको भनाइ थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम वीरगञ्ज महानगर वडा नं ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो । अध्यक्ष चौरसियाले आफूले सो वडालाई विकासमा नमूना वडा बनाउने प्रयास गरेको बताए । सीमित स्रोतसाधन भएर पनि सडक तथा नाला निर्माण, सीसीटीभी क्यामेरा जडान, विद्युतीकरणलगायत काम गरेको र वडावासीको समस्याको समाधानमा आफू सधैं तत्पर रहेको पनि महानगर प्रमुख सरावगीले बताए । कार्यक्रममा सहभागी अधिकांशले सो वडामा उल्लेखनीय विकासका काम भएको बताए । उनीहरूले महानगरले विकास निर्माणका योजना र सेवा प्रवाह अझ बढी प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका थिए ।

महाराजगञ्ज चोकका घर नहटाइ चक्रपथ विस्तार अघि बढ्ने

४ कात्तिक, काठमाडौं । महाराजगञ्ज क्षेत्रको मुआब्जा विवाद नटुंगिए पनि चक्रपथ विस्तारको काम अघि बढ्ने भएको छ । सडक विभाग अन्तर्गतको चक्रपथ विस्तार आयोजनाले चक्रपथमा पर्ने महाराजगञ्ज क्षेत्रको २४० मिटर खण्डको ‘साइट क्लियर’ नभए पनि काम अघि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । यसअघि चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपनि […]