परिसंघ र बंगलादेशका सरकारी र नीजि क्षेत्रबीच भेट, नेपाली उत्पादनलाई सहज प्रवेश दिन आग्रह

नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि नेपाल उद्योग परिसंघले बंगलादेशसँग आग्रह गरेको छ। परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको हो ।ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरे ।  कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने संभाव्य क्षेत्रहरूबारे पनि छलफल भएको छ। अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए । नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुईदेशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ। काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ।कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे । ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ’ उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस्।’ परिसंघ डिसिसिआईबीच समझदारीपत्रमा हस्ताक्षरनेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डिसिसिआई)बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डिसिसिआईका अध्यक्ष रिजवान रहमानबीच हस्ताक्षर भएको हो। समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ। समझदारीपत्रमा हस्ताक्षर गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि उद्योग लगायतका क्षेत्रमा ठूलो लगानीको संभावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए । समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत विकासमा चासो देखाएका छन्। कार्यक्रममा डिसिसिआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिम्स्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए । उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बताएका छन् । बंगलादेशले पछिल्लो ५ वर्षमा औषत ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ। निजी क्षेत्रलाई विकासको नेतृत्व दिइनुपर्छ– सचिव मोमेनबंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताएका छन् । परिसंघसँगको छलफलका क्रममा उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा समेत जोड दिए । आर्थिक सम्बन्ध विस्तारमार्फत दुई देशबीचको व्यापार घाटा न्यूनीकरणमा पनि जोड दिँदै उनले दुवै देश अहिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएकाले यस समयमा अवसर र चुनौति दुवै रहेको बताए । बंगलादेश सरकारले नीति निर्माण गर्दा सधैं निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले यहाँ तीव्र आर्थिक र औद्योगिक विकास संभव भएको उनको भनाइ छ।बंगलादेशमा २५ प्रतिशत सांसदहरू निजी क्षेत्रमा सक्रिय व्यवसायी छन्। औद्योगीकरणमा उदाहरणीय– राईनेपाली राजदूतावास ढाकाका चार्ज डि अफेयर्स कुमार राईले आर्थिक विकास र औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय भएको बताएका छन् । राजदूतावासमा आयोजित रात्रिभोजमा उनले नेपालले तीव्र औद्योगीकरणमा बंगलादेशबाट पाठ सिक्न सक्ने बताए । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक कुटनीति विस्तारमा राजदूतावासले आफ्नो भूमिका विस्तार गर्ने विश्वास व्यक्त गरे । बंगलादेशको ऊर्जा, उपभोग्य वस्तु लगायतका ठूला उद्योगीको उपस्थिति थियो। परिसंघ अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले यसअघि बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग भेट गरेको थियो। भेटमा नसरुलले नेपालका निजी क्षेत्रसँग सिधै विद्युत खरिद सम्झौता गर्न तयार रहेको बताएका थिए ।बंगलादेशका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूसँगको भेट एवं औद्योगिक क्षेत्र भ्रमणमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे तथा राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदी, द्विराज शर्मा, राष्ट्रिय परिषद सदस्य एवं परिसंघ प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, महानिर्देशक यादवप्रसाद पौडेल, निर्देशक सविन मिश्र र सूर्य पेन्ट्स् एन्ड इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिजित सुवेदीको उपस्थिति थियो। 

सम्बन्धित सामग्री

बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न

काठमाडौँ- चिनियाँ कम्पनीहरुले बंगलनादेशमा कर छली गरेको पाइएको छ । बंगलादेशका अधिकारीले बंगलादेशमा सञ्चालित चाइना रोड एण्ड ब्रिज कर्पोरेशन नामक चिनियाँ कम्पनी गत वर्षको डिसेम्बर महिनामा कर छलीमा संलग्न रहेको फेला पारेको बंगलादेश लाइभ न्युज नामक अनलाइन समाचार पोर्टलले जनाएको छ । यो कम्पनीले सरकारी परियोजनाका लागि निर्माण सामग्री आयात गर्दा कर छली गरेको जनाइएको […]

‘ऊर्जा संकट टार्न चार देशबीच सहकार्य’

दक्षिण एसियाली राष्ट्रबीच दिगो ऊर्जा सुरक्षाका लागि एकीकृत ग्रिडको मार्गचित्र निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको छ । भारतीय उद्योग महासंघ (सीआईआई) ले दिगो ऊर्जा सुरक्षामा अग्रसरता विषयलाई केन्द्रित गरेर आयोजना गरेको भर्चुअल साउथ एसिया पावर समिटमा नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा क्षेत्रका सरकारी र निजी क्षेत्रका प्रतिनिधिले एकीकृत ग्रिडमा जोड दिँदै यस्तो अवधारणा अघि […]

फर्किँदै छन् फिर्ता बोलाइएका राजदूत

सरकारी निर्णयअनुसार अघिल्लो सरकारले नियुक्त गरेका तीनजना ‘मन्त्रीस्तरीय’ राजदूतसहित सबै राजनीतिक पृष्ठभूमिका राजदूत स्वदेश फर्किन थालेका छन् । बुधबार भारतका लागि राजदूत नीलाम्बर आचार्य, बंगलादेशका लागि राजदूत डा. वंशीधर मिश्रलगायत फर्केका...

अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

काठमाण्डाै - अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने भएको छ । केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । ...

बंगलादेशका रक्षासचिव चौधरीको कोरोनाका कारण मृत्यु

ढाका- बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ।   उनको कोरोनाकै कारण स्थानीय समयअनुसार बिहान साढे ९ बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार...

विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा देखियो कोरोना भाइरसको संक्रमण

बंगलादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। रोहिंगा शरणार्थी शिविरका दुई मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। दुवै शिविरभित्र रहेको डुंगा बजारका हुन्। उक्त शिविरमा दश लाख रोहिंगा छन्। बंगलादेशका सरकारी अधिकारीहरुले बीबीसीलाई दिएको जानकारी अनुसार दुवै संक्रमितको आइसोलेसनमा उपार भइरहेको छ। त्यस्तै

विदेशमा काम गर्ने नेपालीको पीडा, न सरकारले खोज्छ न दूतावासले

‘मलेसियामा लकडाउनपछि भारत, फिलिपिन्स, बंगलादेशका सरकारी अधिकारीले फोन गरेर  आफ्ना नागरिकको जानकारी लिइरहेका छन्। तर नेपालबाट कसैले सोधीखोजी गरेका छैनन्।’

बंगलादेशमा मेडिकल शिक्षा : दलालको दलदल

दक्ष र गुणस्तरीय डाक्टर उत्पादनका लागि बंगलादेशका निजी मेडिकल कलेजहरूले पठनपाठनको स्तरीयता र पाठ्यक्रममा विषेश ध्यान दिन जरुरी छ। निजी क्षेत्रबाट मेडिकल कलेजहरू स्थापना त भइरहेका छन्,  तर मलाई लाग्छ; हाम्रा सरकारी निकायहरूले ती कलेजको गुणस्तरीयताका विषयमा विशेष निगरानी गर्नुपर्ने देखिएको छ।  – बंगला...

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौंमा

सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो। उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता…