काठमाण्डाै – जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधवार (आज) शीर्ष नेताबीच छलफल गरेको छ । छलफल भए पनि विना निष्कर्ष टुङ्गिएकाे छ ।ललितपुरको बालकुमारीमा रहेकाे पार्टी कार्यालयमा भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचार आएको नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो । लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उहाँले छलफल नसकिएकाेले बिहीवार (भोलि) सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिनुभयो । बुधवारको अनौपच...