सर्वोच्च अदालतको आदेशका कारण सत्ता बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक बिहीवार बस्दैछ ।
बबरमहल स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे प्रतिनिधि सभाका निवर्तमान सांसदहरुको बैठक बस्न लागेको हो ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको जसपा नेता एकवाल मियाँले लोकान्तरलाई जानकारी दिए । सर्वोच्च अदालतको आदेशपछि मंगलवार जसपा सत्ताबाट अलग भएको थियो ।
सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भव...