काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा बैठक बस्न लागेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै पार्टीबाट अलग हुने भएपछि बैठक बस्न लागेको हो।