अप्रिल १ देखि हिमालयन इन्टरनेशनल एकेडेमीमा अभिमूखीकरण

जापानमा रहेका नेपालीहरुद्वारा गत वर्षदेखि संचालनमा ल्याइएको नेपाली विद्यालय हिमालयन इन्टरनेशनल एकेडेमीले आउँदो अप्रिल १ देखि अभिमूखीकरण (ओरियन्टेशन) संचालन गर्ने भएको छ । अभिमूखीकरण कार्यक्रममा विद्यालयका नयाँ तथा पुराना अभिभावकहरूलाई विद्यालयका नीति, नियम र आगामी शैक्षिक सत्रको पठन पाठन र अन्य क्रियाकलापका बारेमा जानकारी गराइने एकेडेमीका प्रिन्सिपल शिशिर गौडेलले जानकारी दिनुभयो । विद्यालयमा हाल अमेरिकन …

सम्बन्धित सामग्री

हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै

काठमाडौं । हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुने भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा यही असोज १७ देखि १९ गतेसम्म एक्स्पो आयोजना हुने भएको हो । अध्यक्ष कपिल अधिकारीका अनुसार एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक कक्ष हुनेछन् । […]

जापानमा नेपाली स्कुल : विद्यार्थीको घुइँचो

जापानको टोकियोमा एभरेष्ट इन्टरनेशनल स्कुल, टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी र यहाँको तेस्रो ठूलो शहर नागोयामा तोकाई वाटिका इन्टरनेशनल स्कुल सञ्चालनमा छन् । एभरेष्ट इन्टरनेशनल स्कुलमा त विद्यार्थीको घुइँचो नै छ । यसपटक २३ जनाले एसईई दिंदैछन् ।

पत्रकार धमलाद्धारा दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो अवलोकन (तस्बिरहरु)

काठमाडौं,२७ असोज । रिपोर्टर्स क्लबका सभापति तथा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको अवलोकन गरेका छन् । राजधानीको भृकुटीमण्डपमा शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्द्दाटन गरेको एक्स्पोमा पत्रकार धमलासहितको टोलीले आज अवलोकन गरेको हो । शुक्रबार बाट सुरु एक्स्पो आगामी २९ असोजसम्म जारी रहने आयोजकले जनाएको छ । एक्स्पोमार्फत स्थानीय […]

स्वदेशी उत्पादन निर्यात नगरी व्यापार घाटा न्यूनीकरण हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आईएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को उद्घाटन गर्दै उनले व्यापार घाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको […]

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पूरा

काठमाडौं। शुक्रवारदेखि काठमाडौंमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा असोज २६ देखि २९ गतेसम्म एक्स्पो सञ्चालन गर्दै छ । एक्स्पोले स्थानीय हस्तकला र साना तथा मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गरी विश्व बजारमा पहुँच पुर्‍याउन सघाउने आयोजकको भनाइ छ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री एक्स्पोमा रहने एक्स्पो संयोजक कपिल अधिकारीले बताए । यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायत प्रदर्शनीमा राखिने संयोजक अधिकारीले बताए । साथै पश्मिना, क्यूरियोको सामान, गार्मेन्टका सामान, धातुका सामान, जडीबुटी, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू, जस्तै– होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, ट्राभल एन्ड टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीको आकर्षणका रूपमा रहने आयोजकको भनाइ छ ।

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको बुकिङ खुला

काठमाडौं– असोज अन्तिम साता काठमाडौंमा आयोजना हुने दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० को बुसकङ खुला भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गर्ने […]

राष्ट्रियसभा अध्यक्ष तिम्सिनाद्वारा नेपाली विद्यालय अवलोकन

नेपाल फेस्टिबलमा सहभागी हुन जापानमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले टोकियो कोईवामा नेपालीहरूद्वारा संचालित हिमालयन इन्टरनेशनल एकाडेमीको अवलोकन गर्नुभएको छ । हाल नेपाली पाठ्यक्रममा आधारित रहेर पाँच कक्षासम्म पठनपाठन हुँदै आएको सो एकेडेमीमा बुधबार एक समारोहकाबीच अध्यक्ष तिम्सिनाले अवलोकन गर्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना सहित नयाँ पिढीमा पुर्याउन आग्रह गर्नुभयो । प्रमुख अतिथि …