काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आईएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को उद्घाटन गर्दै उनले व्यापार घाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको […]