संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीबाट साउदी अरब भएर बहराइन, कतार, जोर्डन, कुवेत हुँदै इराकसम्म लमतन्न छ— आबुधाबी वाइफात अन्तर्राष्ट्रिय राजमार्ग । यूएईबाट ती देशसम्म सामान ओसारप्रसार गर्न ठूला–ठूला लरीहरू नेपाली चालकहरूले पनि हाँकिरहेका थिए ।