‘विराटनगर महानगरको दक्षिणी क्षेत्र विकास निर्माणमा प्राथमिकता’

मोरङ – विराटनगर महानगर प्रमुख नागेश कोइरालाले महानगरको दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्दै आएको बताएका छन्। आइतबार विराटनगरको रानीमा आयोजित सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले महानगरको रोडशेष चौक दक्षिण क्षेत्रका वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजना सञ्चालनमा रहेको बताए। सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले विराटनगर १८ मा रहेको ऐतिहासिक मण्टा पोखरी ६, रानीपोखरीमा ५ करोड, […]

सम्बन्धित सामग्री

सुगमतर्फको यात्रामा डाँडापारिका गाउँ

काभ्रेपलाञ्चोक, ३० असोज । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र अर्थात् महाभारत पर्वत शङ्खलापारि (डाँडापारि) लाई केही वर्षदेखि ‘दुर्गम’ भन्न छाडियो । सडक, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवन । सडकबाहेकका विकास पनि सडकले नै सम्भव भएको हो । हामीले भन्ने गरेको ‘डाँडापारि’मा दुई गाउँपालिका महाभारत र खानीखोला अवस्थित छन् । सङ्घीय संरचना निर्माणअघि डाँडापारिका दश […]

जलवायु अनुकूलित गाउँ बन्दै इलामको पाटापुर

इलाम । इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो । गाउँपालकिला र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवद्र्धन, अन्य तालिम […]

रुपन्देही–४ : मर्चवारमा विरासत जोगाउन प्रतिस्पर्धा

भैरहवा, २९ कात्तिक । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार विकासको दृष्टिले तुलनात्मक रुपमा जिल्लाका अन्य क्षेत्रभन्दा पिछडिएको छ । मुलुकका हरेक निर्वाचनमा यो क्षेत्रमा राजनीतिक दल र उम्मेदवारको मुख्य एजेन्डा नै मर्चवारको विकास हुने गरेको छ । तर मर्चवारमा अपेक्षाकृत विकास हुन सकेको छैन । मर्चवारसमेत रहेको रुपन्देही क्षेत्र नं ४ मा अहिलेसम्म कुनै पनि जनप्रतिनिधी […]

उम्मेदवारसँग मर्चवारवासीको माग- मल र बीउ दिनेलाई मत

रुपन्देही – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन्। उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्। क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन्। मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका […]

मल र बीउ उपलब्ध गराउनेलाई भोट !

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन् । बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेक

मर्चवारवासीको एकैस्वर : मल र बीउ उपलब्ध गराउनेलाई भोट

भैरहवा : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन्। उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्। क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन्। मर्चवारमा अपेक्षाकृत रुपमा कम विकास भएको जनाउँदै…

काँचुली फेर्दै मर्चवार

भैरहवा – रुपन्देही जिल्ला नेपालमा सम्पन्न जिल्लाहरू मध्ये एक हो । अन्र्तराष्ट्रिय विमानस्थल, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विशेष आर्थिक क्षेत्र, मुलुककै दोस्रो ठूलो भन्सार नाका, औद्योगिक क्षेत्र, ठूला ठूला बाटोले रुपन्देहीलाई सम्पन्नतातर्फ डोहो¥याएको छ । रुपन्देही जिल्ला सम्पन्नउन्मुख हुँदा जिल्लाकोे दक्षिणी क्षेत्र मर्चवार अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । प्रधानमन्त्री, गर्भनरदेखि प्रधानन्यायाधीशसम्म रहेको मर्चवार […]

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्र, ७०% काम पूरा

माघ १८, खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रू. ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडकखण्ड स्तरोन्नति थालिएको हो । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सवबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौंले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करीब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।  स्तरोन्नतिको काम भइरहेको सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताए ।  ‘स्ट्रक्चरको काम सम्पन्न भएका ठाउँमा पहिलो लेयरको ग्राभेल गर्ने काम भइरहेको छ’, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित करीब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेका छौँ ।’ विसं २०७६ मंसिर ३० गते सम्झौता भएर स्तरोन्नतिको काम शुरु गरिएको सडकको भौतिक प्रगति हेर्दा तोकिएको समयभन्दा अगाडि सम्पन्न हुने देखिन्छ । सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने मिति विसं २०७९ मंसिर मसान्तसम्म रहेको ठेकेदार कम्पनी र पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरसँगको सम्झौतामा उल्लेख छ । सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जानकारी दिएको छ । स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौंलगायतका जिल्ला आवतजावत गर्न पाउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए ।  ‘स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ’, उनले भने, ‘अन्य योजनामा भन्दा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक छिटो र गुणस्तरीय हुने अपेक्षा गरेका छौँ ।’  गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडकसमेत हिउँद तथा वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । गाउँपालिकाको आफ्नै लगानीमा अन्य सडकभन्दा पहिलो प्राथमिकतामा राखेर बाँझेच्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी र कात्तिके–रतन्छा–बाँझेच्यानडाँडा सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । साकेला गाउँलालिकामा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सचिव नवीन राईले बताए ।  जिल्लाको सबैभन्दा सानो (पाँचओटा मात्रै वडा रहेका) स्थानीय तह उक्त साकेला गाउँपालिकामा ‘एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँ’ जोड्ने गरी सडक निर्माण गरिएका छन् ।  साकेला गाउँपालिकालाई मध्यपहाडी लोकमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार हरित सडकले समेत छोएको छ ।  गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको साकेला गाउँपालिका जोड्ने साप्सुखोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइ सकिएको छ ।  राष्ट्रिय सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज निर्यातमा सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । रासस

डोटीको सहजपुर–बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो

असोज ४, डोटी । जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करीब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रू. तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो ।   बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतवार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बंगलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए  । विसं २०४३ देखि सडक निर्माण शुरुआत भएको बताइएको छ ।   बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलले भने, ‘वर्षौं पछिे सडकको ट्र्याक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भए, योभन्दा अरु खुसी के नै होला र ।’ बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटकपटक निर्देशन दिएका थिए ।   सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, ‘मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिए, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।’ प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, ‘कच्ची ट्र्याक  जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।’  कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक  जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।  उनले भने, ‘कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।’ उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् ।  सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने जनाउँदै किसान बढी खुसी भएको स्थानीयवासी टक्करबहादुर कलेलले बताए । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो ।  विसं २०१५ पछि धनगढीबाट दिपायलका लागि यो सडक  काम सुरु गरिएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’ को नामले निर्माण शुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल (डिडीडी)’ नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपककुमार विष्टले जानकारी दिए ।  विसं २०४३ मा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण शुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हाल प्रदेश सभासदस्य भरतबहादुर खड्काले उक्त सडकको शिलान्यास गरेका थिए । रासस

कलुवापुर -बेलौरी सडक निर्माण एक सातादेखि अवरुद्ध

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो । सडकको मौजुदा संरचनाअन्तर्गतनै टो–बाल निर्माण गर्ने, माटो भरान गर्ने, ग्याबिन जाली राख्ने, कालोपत्रेका लागि बेस राख्नेलगायतका कार्य अगाडि बढाउन खोजिएपछि निकुञ्ज कार्यालयले निर्माण कार्य रोकेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीले बताउनुभयो । “जिल्लाको पुरानो सदरमुकाम बेलौरी हुँदा देखिनै करिब ५० वर्षअघि सडक निर्माणको कार्य गरिएको थियो”, पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले भन्नुभयो, “त्यही सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि बेस बिछ्याइसकेको अवस्थामा निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पेश नगर्दासम्म कार्य अगाडि बढाउन नदिने जानकारी गराएको छ ।” उहाँका अनुसार निर्माण कार्यको ठेक्का पाएको सन्तोषी थेगिम जेभी निर्माण कम्पनीलाई कार्य अगाडि बढाउन दिइएको छैन ।