आदर्श लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

आदर्श लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको छ, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ  ।  लगानीकर्ताले असार ५ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  ।  नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

सम्बन्धित सामग्री

खप्तड लघुवित्तको आईपिओ आज बाँडफाँड हुँदै

खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।   कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।   खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

खप्तड लघुवित्तको आईपिओ बाँडफाँड मिति र समय तय

खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।   कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।   खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

अभियान लघुवित्तको आईपिओ आज बाँडफाँड हुदै

अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

अभियान लघुवित्तको आईपिओ बाँडफाँड मिति तय

अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान ८ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

धौलागिरी लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

धौलागिरी लघुवित्तले आज साउन २४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ ।  कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको छ ।  बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।   राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

अभियान लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

अभियान लघुवित्तले आज साउन १८ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ।  कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको हो।जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले साउन २२ गतेसम्म यस आईपिओमा आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ ।  शेयर निष्काशनको लागि  मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

उपकार लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

उपकार लघुवित्तको आईपिओमा आवेदन दिने आज चैत्र ३० गते अन्तिम दिन रहेको छ ।  कम्पनीले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो  । चैत्र २७ आइतबार सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदा दिएकोले आवेदन दिने म्याद एक दिन थप गरि आज अन्तिम दिन कायम गरिएको हो।  कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

उपकार लघुवित्तको आईपिओ भर्ने म्याद थपियो

उपकार लघुवित्तको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आईपिओमा आज चैत्र २९ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा चैत्र २७ आइतबार सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदा दिएकोले आवेदन दिने म्याद एक दिन थप गरिएको हो ।अब लगानीकर्ताले भोलि चैत्र ३० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो  । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

उपकार लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला, यस्तो छ कम्पनीको अवस्था

उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

नेष्डो समृद्द लघुवित्तको आईपिओ बिक्रि खुला, यस्तो छ कम्पनी रिभ्यु

नेष्डो समृद्द लघुवित्तले आज फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।  लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    कम्पनी परिचययस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार