एमालेसँग वार्ता गर्न लोसपाले बनायो राजेन्द्र महतोको नेतृत्वमा समिति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) लगायतका दलसँग तालमेलको तयारी गरेको छ । वार्ताका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति अध्यक्ष महन्थ ठाकुरले गठन गरेका छन् । समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका...

सम्बन्धित सामग्री

ओली भेट्न ठाकुरको टोली बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता भएको छ।  छलफलमा जसपाबाट अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत सहभागी थिए । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री पदमुक्त भएका ओलीसँग ठाकुर समूहले शनिबार पहिलोपटक भेटवार्ता गरेको हो । मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा

जसपाको ठाकुर-महतो पक्षका नवनियुक्त मन्त्रीहरूले शुक्रवार आठ बजे शपथ लिने

काठमाडौँ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष शुक्रवार साँझसम्म सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी ओलीसँग ठाकुर  र महतोले वार्ता गरेपछि जसपाले पाउने मन्त्रालयको टुङ्गो लागेको छ भने मन्त्रीहरूको टुङ्गो ठाकुर र महतोले लगाएका छन्।

जसपाको ठाकुर–महतो पक्ष आजै सरकारमा जाने, मन्त्रीको टुङ्गो लाग्यो

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष शुक्रवार साँझसम्म सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी ओलीसँग ठाकुर  र महतोले वार्ता गरेपछि जसपाले पाउने मन्त्रालयको टुङ्गो लागेको छ भने मन्त्रीहरूको टुङ्गो ठाकुर र महतोले लगाएका छन्।

मन्त्रालयको विषयमा कुरा नमिलेपछि ओली र जसपाबीच वार्ता भाँडिने सम्भावना

सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको बालुवाटार...

जसपा अध्यक्ष महन्थ बालुवाटारमा

काठमाडौँ । जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । ओली र माधव नेपालबिच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारमा प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दै छन् । काँग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएपछि करिब करिब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त […]

एमाले-जसपा कार्यदलको वार्ता सकारात्मक

१० चैत, काठमाडौं । सरकारी र जनता समाजवादी पार्टी (जसपा) को कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यदलका सदस्यहरुसहित मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । ‘कार्यदलले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्यबारे जानकारी गराएको छ’ जसपा नेता महतोले भने, ‘प्रगति […]

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटार पुगे जसपाका पाँच शीर्ष नेता

काठमाडौं : जनता समाजवादी नेपाल (जसपा) का ५ जना शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्नका लागि जसपाका ५ नेता बालुवाटार पुगेका हुन्। जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। जसपाले रेशम चौधरी, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग गरेको खण्डमा सत्ता सहकार्य गर्न सकिन

रेशम चौधरीको विषयमा नश्लीय चिन्तन छ, मिडियाले पनि त्यही भाषा बोल्छ

राजेन्द्र महतो, जसपा वरिष्ठ नेता ...... जसपा संसदीय दलले अन्य दलहरूसँग वार्ता गर्न कार्यदल बनाउने निर्णय गरेको

पार्टी गतिविधि अपारदर्शी भएकोमा राजपाभित्र असन्तुष्टि

राष्ट्रिय जनता पार्टी (राजपा) राजनीतिक समितिका नेताहरूले अध्यक्ष मण्डलको गतिविधि अपारदर्शी भएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेतृत्वको वार्ता समिति बनेयता पार्टीका गतिविधिहरू अपारदर्शी हुन थालेको पार्टीका नेताहरूको भनाइ छ ।