काठमाडौं : जनता समाजवादी नेपाल (जसपा) का ५ जना शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्नका लागि जसपाका ५ नेता बालुवाटार पुगेका हुन्। जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। जसपाले रेशम चौधरी, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग गरेको खण्डमा सत्ता सहकार्य गर्न सकिन