पार्टी गतिविधि अपारदर्शी भएकोमा राजपाभित्र असन्तुष्टि

राष्ट्रिय जनता पार्टी (राजपा) राजनीतिक समितिका नेताहरूले अध्यक्ष मण्डलको गतिविधि अपारदर्शी भएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेतृत्वको वार्ता समिति बनेयता पार्टीका गतिविधिहरू अपारदर्शी हुन थालेको पार्टीका नेताहरूको भनाइ छ ।