बझाङ । सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेकाे छ । भूकम्पको धक्काकाे महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएकाे छ ।
The post बझाङमा बिहानै भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक.