काठमाडौं : नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरैकै दिन आज सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले औपचारिक रुपमै प्रधानमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन्।आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता डा प्रकाशशरण महतले अबको प्रधानमन्त्रीमा पनि शेरबहादुर देउवाको विकल्प नरहेको बताए। पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले सर्वसम्मत नेता चयन गर्नुपर्ने उनको भनाई