नेपाल र चीनको सीमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिका संयोजक सह–सचिव जयनारायण आचार्यले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने बताए । ‘यो प्रतिवेदनले अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्ने बाटो खुलेको छ’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने– ‘अध्ययनमा यहाँहरूले