कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको हो । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उहाँले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिनुभएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको न