काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबीको रेखामुनि रहेको जनसंख्या आठ वर्षमा ५ प्रतिशतभन्दा तल र वि.सं. २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिई काम गरिरहेको बताएका छन्।३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा सोमबार शुभकामना दिँदै प्रधानमन्त्री देउवाले ०८३ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०८७ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गरी नेपालीको आयस्तरमा सुधार भई मध्यम आय स्तरमा भएको मुलुकमा रूपान्तरित हुने अपेक्षा लिएको बताएका छन्। उनले नेपाल सरकारले गरिबी निवारणका