समाधानउन्मुख तरलता अभावको समस्या

काठमाडौं । बैंकिङ क्षेत्रमा झन्डै ६ महीनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । अहिले त्यसको सीमा ३० प्रतिशत बढाएर ८० प्रतिशत पुर्‍याइएको छ । फलस्वरूप वाणिज्य बैंकहरूमा ४९ अर्ब निक्षेप थपिएको छ । सरकारी खर्च, पुनकर्जाबापत आउने रकम पनि बढ्दै गएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुने संकेत देखिएको हो, जुन विषय पुस तेस्रो र चौथो साता वाणिज्य बैंकहरूमा थपिएको निक्षेप पनि पुष्टि गरेको छ । साथै, कर्जा निक्षेप अनुपात (सीडी रेसिया) ९० प्रतिशतभन्दा तल आउनुले त्यो विषय पुष्टि गरेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा पुसको तेस्रो साता १४ अर्ब र चौथो साता ५९ अर्ब निक्षेप थपिएको छ । पुसको पहिलो साता २ अर्बले निक्षेप बढ्दा दोस्रो सातामा ४ अर्ब रुपैयाँले घटेको थियो । पछिल्लो सातामा निक्षेप ह्वात्तै बढ्दा तरलता अभावको समस्या समाधान हुने संकेत देखिएको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्ययले तरलता अभावको समस्या समाधान उन्मुख देखिएको बताए । ‘अहिले सरकारी खर्च बढ्दै गएको छ । पुनर्कर्जाबापत आउने रकम पनि बढेको छ,’ उनले भने, ‘त्यसमाथि एनआरएन (गैरआवासीय नेपाली) खातामार्फत पनि निक्षेप आइरहेको छ । साथै, विप्रेषण पनि बढ्ने देखिएको छ । यो अवस्था कायम रह्यो भने अब बैंकिङ क्षेत्रमा तरलता आउने देखिन्छ ।’ समग्रमा माघदेखि तरलतामा सहजता आउन निक्षेप बढे पनि कर्जाको माग पूर्ति गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा अनुमान गर्न नसकिएको उनको भनाइ छ । ‘अहिले पुस मसान्तभित्र कर तिर्नुपर्नेलगायत बाध्यताका कारण कर्जाको माग छैन । फलस्वरूप यतिका तरलता आउदाँ पनि कर्जा प्रवाह बढेको छैन,’ उनले भने, ‘माघदेखि कर्जाको माग कस्तो हुन्छ र त्यसलाई धान्न सकिन्छ सकिँदैन भन्ने विषयमा अझै विश्लेषण गर्न सकिएको छैन । यदि, आयात बढेन वा नियन्त्रण आयो भने कर्जाको माग धान्न सकिन्छ ।’ पछिल्लो समय आयातकै लागि कर्जाको माग बढी हुने गरेको थियो । फलस्वरूप बैंकिङ क्षेत्रमा तरलताको समस्या थप चुलिएको थियो । बैंकबाट कर्जा प्रवाह भएपनि त्यो रकम कुनै न कुनै माध्यमबाट पुनः निक्षेप बनेर बैंकिङ क्षेत्रमा नै आउँछ । तर, आयातमा आधारित कर्जा प्रवाह गर्दा त्यो रकम देशबाट नै बाहिरिन्छ । फलस्वरूप आयातमा आधारित कर्जा प्रवाह बढी हुँदा तरलता अभावको समस्या थप चुलिएको बताइन्छ । अहिले राष्ट्र बैंकले अनावश्यक सामानहरूको आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा ५० देखि १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । त्यो व्यवस्था भएपछि आयात केही नियन्त्रण आएको बताइन्छ । नेपाली बैंकिङ क्षेत्रमा चालू आवको पहिलो महीना अर्थात् साउनदेखि तरलता अभाव हुँदै आएको थियो । संघको तथ्यांकअनुसार पुसको चौथो साता ५८ अर्ब ५३ करोड रुपैयाँ निक्षेप थपिएको छ । यससँगै वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७ अर्ब पुगेको छ, यो निक्षेप हालसम्मकै उच्च पनि हो । उक्त साता नयाँ कर्जा प्रवाह भने ८ अर्ब भएको छ । यससँगै वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ८ अर्ब पुगेको छ ।

सम्बन्धित सामग्री

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकर्सको आग्रह

काठमाडौँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। कोषले बिहीबार आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरूले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोषजस्ता संस्थाले केही मात्रामा भए पनि बजारमा तरलता अभाव न्यूनीकरण […]

तरलता समस्या समाधान गर्न कोषसँग बैंकर्सहरुको गुहार

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कर्मचारी कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्

‘बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या’

काठमाडौँ – अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा डा.उप्रेतीले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए। डा.उप्रेतीले कोरोना महामारीपछि अत्यधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी […]

नीतिगत अस्थिरताले तरलता समस्या

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नीतिगत अस्थिरताका कारण तरलताको समस्या देखिएको निचोड निकालेको छ । परिसंघले गठन गरेको तरलता अभाव सम्बन्धी अध्ययन कार्यदलले आइतबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि गर्ने नीति, निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन, अनुत्पादक क्षेत्रमा बढेको कर्जा लगानी, रेमिट्यान्सका कारण बढेको अनियन्त्रित आयात, पुँजीगत […]

‘तरलता अभावको समस्या समाधान गर्न पुँजीगत खर्च बढाउनुपर्छ’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैकिङ क्षेत्रको तरलता अभावको समस्या समाधान गर्न पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ । संस्थाले ‘नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीहरूको अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।स्थानीय निकायहरूलाई निकासा भएको रकम सबै बैंक तथा वित्तीय संस्थामा राख्ने र लगानीयोग्य पुँजीमा शतप्रतिशत गणना हुने व्यवस्था गरे तरलता अभावको समस्या अन्त्य हुने बताइएको छ । यस्तै, तोकिएको क्षेत्रमा बढी कर्जा प्रवाह गर्नेल

सहकारीमा पनि तरलता समस्या

बैंक तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा पनि पर्न थालेको छ । पछिल्लो समय सहकारीहरुको पनि बचत संकलन घट्न थालेको र भएको बचत पनि बैंकहरुमा जान थालेपछि तरलताको अभाव हुन थालेको हो ।तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक अवस्थाका सदस्यहरु बाहेकलाई ऋण लगानी रोकेका छन् । सहकारी सदस्यमा आधारित संस्थाहरु हुन् […]

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]

पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने

आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महिनाका रूपमा पनि लिइन्छ । यस महिनामा उद्योगी, व्यापारी तथा स्वयम् बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ । सरकारलाई कर तिर्दैमा तरलता अभाव हुने भन्ने त होइन । तर, यसपालि आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै तरलता अभाव भइरहेको छ । तत्काल निक्षेप आउने स्रोत पनि कुनै छैन । त्यो अवस्थामा बैंकिङ प्रणालीबाट अर्बाैं रुपैयाँ सरकारी खातामा जाँदा तरल...

तरलता अभावले कर्जा प्रवाहमा समस्या

वित्तीय प्रणालीमा तरलता अभाव निरन्तर बढ्न थालेको छ ।चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव हुँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव बढ्दै गएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ […]

तरलता अभावको समस्या तत्काल समाधान गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।