न्युयोर्क – अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् । प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । […]