विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरूमा पनि ओमिक्रोन तीव्र ढङ्गले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । तर, तीव्र फैलिन्छ भनेर निष्कर्षमा पुग्नुअघि अझै बढी तथ्याङ्क अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओम