ललितपुर महानगरपालिकादेखि महाङ्काल गाउँपालिका पुग्न दुई वटा बाटा प्रयोगमा छन् । एउटा बाटो लेले–चन्दनपुर हो । जसको दूरी महानगरदेखि पालिकासम्म ४४ किलोमिटर छ । यस्तै अर्को बाटो अलि छोटो दूरीको छ । यो भने ३४ किलोमिटरको छ । ‘लेले–चन्दनपुर’ भने पञ्चायतकालमा केशर बहादुर विष्टको पालामा खनिएको हो । पिच पनि भयो । तर पिच बाटो लामो समयसम्म टिक्न सकेन । अहिले कच्ची जस्तै छ, केही ठाउँ पिच भएको हो कि जस्तो लागे पनि केही ठाउँ भने भर्खर खनिँदैछ भन्ने भान हुन्छ । यस्तो भान हुनुको कारण के हो भने बाटाको केही ...