संघीयता आएपछि सरकार र दलहरुले गाउँगाउँमा सिंहदरबार पुगेको दाबी गरे । गाउँ अर्थात् आफ्नै गाउँपालिका र नगरपालिकामा सिंहदरबारका सबै काम हुने भयो भनेर नागरिक पनि दंग परे । तर, गाउँमा सिंहदरबार पुगेको भए गाउँमै सुनिन सक्ने आवाज सुनाउन काठमाण्डौ धाउनु पर्दैन थियो । काठमाण्डौकै सिंहदरबारलाई कुरा सुनाउन अहिले पनि माइतीघरमा धर्ना, जुलुस भैरहन्छ । केही दिनदेखि त माइतीघर नै ढाकिने गरी धर्ना दिनेको संख्या बढेको छ ।
अहिले माइतीघरमा दैनिक सात/आठ वटा समूह तथा एकल व्यक्ति आफ्नो कुरा सुनाउन, धर्ना, अनशन र आमरण अनशनम...