के हो आँखा पाक्ने समस्या ? यस्ता छन् सावधानीका ८ मन्त्र
मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं।
आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो। आँखा अन्य अंगको तुलनामा निकै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नुपर्दछ। सानो लापरबाहीका कारण पनि आँखामा विभिन्न समस्या देखा पर्न सक्छन्। जसको कारण आँखाको दृष्टिसम्म गुम्न सक्ने चिकित्सक बताउँछन्। पछिल्लो समय आँखामा समस्याको रूपमा आँखा पाक्ने रोग एकदमै भयावह रूपमा देखा परिरहेको छ। त्यसैले […]
लमजुङ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ । बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजी तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो । आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो […]
सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु
कठमाडौं । आँखा पाक्ने समस्या अहिले प्रकोप बनिरहेको छ । अस्पतालहरुमा आँखाको समस्या लिएर आउनेको संख्या बढ्दो छ । यस्तोमा धेरैले आँखामा दुबोको रस राखे निको हुने भन्दै यसको प्रयोग गरेको पाइन्छ । के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ? आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी भन्छन्, ‘हाल देखिएको आँखाको […]
२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो । विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय […]
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या […]
गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ । आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै […]