खानेपानी अभावले वीपी प्रतिष्ठान अस्पतालको सेवा पनि प्रभावित

खानेपानीको चरम अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवासिय क्षेत्रसँगै अस्पताल सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ।...

सम्बन्धित सामग्री

अस्तव्यस्त वीपी प्रतिष्ठान: विद्यार्थीहरु रिले अनसनमा, उपचार सेवा प्रभावित

कोशी प्रदेशको मात्र नभएर मधेश प्रदेशको केही जिल्लाको समेत रेफरल सेन्टर रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन साता यता अस्तव्यस्त छ।...

खोटो वीपी प्रतिष्ठान : छैन सुध्रने छाँट

धरान– पछिल्लो एक सातायता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान फेरि अस्तव्यस्त हुन थालेको छ । यसपटक चिकित्सकहरु कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीविरुद्ध आन्दोलित हुँदा बिरामी उपचार सेवा प्रभावित बनेको छ । स्थापनाको तीन दशक पूरा हुनै लागेको वीपी प्रतिष्ठान एक दिन पक्कै सुधार होला भनेर सोच्ने सरोकारवाला, स्थानीय बुद्धिजीवि र सेवाग्राहीहरु एकपछि अर्को विवाद, […]

खानेपानी अभावले वीपी प्रतिष्ठान अस्पतालको सेवा पनि प्रभावित

खानेपानीको चरम अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवासिय क्षेत्रसँगै अस्पताल सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ।...

वीपी प्रतिष्ठान सुधार कार्यदलले बुझायो प्रतिवेदन

घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा वार्ता भएको थियो। उपकुलपति डा.ज्ञानेन्द्र गिरीको उपस्थितिमा भएको वार्ताले अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।...

वीपी प्रतिष्ठान बचाउन युवाहरुको दिनहुँ धर्ना

प्रतिष्ठानको सेवा खस्कदै गएको, बेथिती र अनियमितता व्याप्त भएको र सर्वसाधारण विरामीहरुले सास्ती खेप्नु परेको भन्दै युवाहरुले ४ दिनदेखि स्वतस्फुर्त प्रदर्शन तथा धर्ना दिएका हुन्।...

डिजिटल बन्दै वीपी प्रतिष्ठान, रिपोर्ट पनि अनलाईनबाटै

पुस ३, धरान । केही दिनअघि अनलाइनबाटै ओपिडीको पूर्जी काट्न सक्ने सेवा शुरु गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिहीवारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा सेवा शुरु गरेको हो । अब ल्याबको रिपोर्ट लिन पनि लाइनमा बस्न नपर्ने र अनलाइन वा वीपी प्रतिष्ठानको एप्समार्फत मोवाइलमै रिपोर्ट हेर्न सकिने प्रतिष्ठान डेपुटी अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।  उनले भने, ‘अब रिपोर्ट लिन लाइन लागेर घण्टौ उभिनु पदैन, जहीबाट पनि मोवाइल एप्सबाटै आफ्नो रिपोर्ट हेर्न सकिन्छ । नपढेका मान्छेले पनि पढेलेखेकालाई पासवर्ड दिएर रिपोर्ट हेर्न, प्रिन्ट गर्न सकिन्छ ।’ अस्पताल प्रशासनका अनुसार नयाँ सिस्टमले द्रुतगतिमा काम हुन्छ भने जनशक्ति पनि विगतमा जस्तो धेरै आवश्यक पर्दैन । डा. साहले भने, ‘अब मेशिनको डाटा सिधै सिस्टममा जाने, र भेरिफाइ गरेपछि अनलाइनमा जान्छ, त्यसैले जनशक्ति पनि थोरै भए हुन्छ, र द्रुतगतिमा काम हुन्छ, पहिला परीक्षण गर्ने मेशिनमा आएको तथ्यांकलाई कागजमा लेखेर कम्प्युटरमा टाइप गर्दा जुन मानवीय त्रुटी हुने जोखिम थियो, अब हुँदैन ।’ मिदासका बिजनेश मेनेजर राजिव कार्कीका अनुसार प्रतिष्ठानको सेन्ट्रल ल्याब र इर्मजेन्सी ल्याबको रिपोर्ट मोवाइल एप्सबाटै हेर्न सकिन्छ । यसको लागि वीपीकेआइएचएस एप डाउनलोड गर्नुपर्ने उनले बताए ।  एपको प्रोफाइलमा गएर युजर नेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्नसकिने कार्कीको भनाइ छ । ‘कुनै पनि टेष्ट गर्नुपर्दा विल काट्नुपर्छ, त्यो विलमा नै युजरनेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्न सकिन्छ,’उनले भने । विदेशमा भएका आफन्तले विरामीको रिपोर्ट मोवाइलमा हेरेर त्यहीको विशेषज्ञसँग सल्लाह लिन पनि सक्ने डेपुटी अस्पताल निर्देशक डा.साह बताउँछन् । उनका अनुसार यो सिस्टम ओपिडीको हरेक डाक्टरको अघि मनिटर राखेर सिधै रिपोर्ट हेर्न सक्ने बनाउने भावी योजना छ ।

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै सेवा बन्द गरेका हुन् । वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिले आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक […]

वीपी प्रतिष्ठान शुद्धिकरण अभियान : आन्दोलनमा धरान किन मौन ?

असार २७, धरान । तत्कालिन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापना सँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो ।  स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनका लागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गए पछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्षदेखि लथालिंग बनेको प्रतिष्ठानको अहिले आर्थिक भार सहित सेवा सुविधानै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाको लागि धराने जनताको आन्दोलन जति उचाईमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै गएको बेथिती नियन्त्रणमा धरानको चासो कम हुन थालेपछि अहिले प्रतिष्ठान धरायसी बन्दै गएको हो । प्रतिष्ठान प्रतिको जिम्मेवारी निर्वाह गर्न धराने जनताले अपनत्व महशुस नगर्दा अहिलेको बेथिती बढ्दै गएको अग्रज पत्रकार हर्ष सुब्बाको भनाइ छ ।  मृत शहर बन्दै गएको अवस्थामा प्रतिष्ठान ल्याउन धराने जनताको आन्दोलन सफल भयो तर त्यसलाई अपनत्व महशुस गर्न नसक्दा समस्या बन्दै गएको उनी बताउँछन् । उनले भने, ‘सरकार फेरिदै पिच्छे पदाधिकारी आउने परिपार्टी शुरु भए पछि पदाधिकारीहरु सरकार प्रति उत्तरदायी बने, धरान जनता प्रति उत्तरदायी भएनन्, जसले गर्दा अवस्था गिर्दै गएको छ ।’ प्रतिष्ठान सुधारका लागि विभिन्न समयमा धराने जनताले आन्दोलन नगरेका भने होइन् । पटक पटक प्रतिष्ठानको सुधारका लागि आन्दोलन सहित छलफल समेत गरेका थिए । छानबिन समिति बनेर प्रतिवेदनहरु समेत सार्वजनिक भएका छन् । तर ती छलफल, आन्दोलनले कुनै प्रभावकारीता देखाउन सकेन ।  राजनीतिक स्वार्थमै चलखेल गर्नेहरु नागरिक समाजको आन्दोलनमा सरिक हुँदा प्रभावकारी नदेखिएको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘यहाँका नागरिक समाज भने पनि कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राख्नेहरु भए, पार्टीको लाइन अनुसार चल्ने हो, अगुवाहरु पनि कुनै कुनै पार्टीसँग आवद्ध छन् । दलका नेताहरु पनि पदाधिकारीहरुसँग नजिक हुन खोज्ने, आफ्नो स्वार्थका लागि काम गर्नेहरु छन्, त्यसैले कसरी उनीहरु प्रभावकारी आन्दोलनमा लाग्छन् त ?’ गैह्रराजनीतिक रुपमा आन्दोलनलाई उठाउनु पर्ने उनको भनाइ छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणका लागि विगत २७ दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु आन्दोलनमा छन् । भ्रष्टाचार र अनियमिततामा मुछिएका पदाधिकारीहरुको राजिनामा सहित प्रधानमन्त्रीको पहलमा वार्ता समिति गठनको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको आन्दोलन अहिले देशव्यापी बनेको छ ।  राजधानीमा नागरिक समूह बनाएर आन्दोलन अघि बढिरहँदा धरानमा भने निस्क्रिय छ । प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा नागरिक दबाब सञ्जाल गठन गरिएको छ । सञ्जालले पदाधिकारीहरुसँग छलफल वार्ता गरेको छ तर सडकमा भने आउन सकेको छैन । प्रतिष्ठानमा चलिरहेको आन्दोलनलाई सहयोग पुग्ने गरि धरानका जनताको आन्दोलन नभएको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ । धरानका जनताले निर्णायक आन्दोलनमा उत्रनु पर्ने उनीहरु बताउँछन् ।  यता नागरिक दबाब सञ्जालका संयोजक प्रा.डा. शर्मा पनि प्रतिष्ठानका आन्दोलनरत पक्षले अपेक्षा गरे अनुसारको आन्दोलन धरानमा हुन नसकेको उनी स्वीकाछन् । उनी भन्छन्, ‘चिकित्सकहरुको भनाइ जायज हो, धरानले गडाङगुडुङ गरेको छैन, त्यसैले उहाँहरुलाई त्यस्तो लागेको हो ।’  तर धराने जनताको लडाई जारी नै रहेको उनको भनाइ छ ।  प्रतिष्ठानमा आन्दोलन गरिरहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको संयुक्त संघर्ष समितीले पदाधिकारीहरुको राजिनामा बटमलाइन बनाएका छन् । तर नागरिक दबाब सञ्जालको बटमलाईन उच्चस्तरिय छानबिन समिती रहेको छ । राजिनामा समाधान नभएको प्रा.डा. शर्मा बताउछन् । उनी भन्छन्, राजिनामा समाधान होइन्, असार १५ पछि सबैको राजिनामा बटमलाइन बनाए, हामीले चै समाधानको लागि दोषिलाई कारवाही गर्नुपर्छ, दोषिको को हो, छानबिन गरिपाउँ र कारवाही गरौं भन्ने चै नागरिकहरुको आवाज हो ।’ आन्दोलनकारीसँग एकाकार भएर काम गरिरहेको भए पनि नागरिक संजालले दोषि माथि कारवाहीको माग भएकाले सोही अनुसार काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीको मा डेलिगेसन जाने तयारी भइरहेको उनको भनाइ छ । संघर्ष समितीले शुरु गरेको शुद्धिकरण अभियानमा नागरिक दबाब सञ्जाल एक रहेको उनी बताउछन् । उनले भने, चिकित्सकहरुले शुद्धिकरण अभियान राजिनामाबाट थाल्ने भन्नुहुन्छ, नागरिक सञ्जालले छानबिनबाट थालौं भनेको हो, त्यत्तिको कुरा ।’ धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरण अभियान अन्तर्गत जारी आन्दोलन २७ दिनसम्म पनि जारी नै रहेको छ ।  प्रतिष्ठान सुधारका माग राखेर आन्दोलन गरिरहँदा पनि सरकार भने अझै मौन छ । प्रतिष्ठान सुधार गर्न सरकार आफैं अग्रसर हुनुपर्नेमा सरकारको यो मौनताले अनियमिततामा सरकारकै हात रहेको आशंका गर्न थालिएको छ ।

वीपी सुधार आन्दोलन देशव्यापी बन्दै : पदाधिकारीको राजिनामा माग

असार २०, धरान । विगत २० दिनदेखि जारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीपी सुधार आन्दोलन देशव्यापी बन्दै गइरहेको छ ।  देशका विभिन्न जिल्लाहरुमा २० दिनदेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले शुरु गरेको वीपी सुधार अभियान आन्दोलनकै रुपमा देशव्यापी बन्दै गएको हो ।  प्रतिष्ठानमा हुने भ्रष्टाचार, अनियमितताको विरुद्धमा शुरु भएको आन्दोलन २० दिन पुग्दासम्म पनि पदाधिकारीहरुद्वारा कुनै सुनुवाई नभएपछि देशव्यापी रुपमा आन्दोलन चर्किन थालेको छ भने प्रतिष्ठानमै अध्ययन गरेर अन्य अस्पतालमा सेवा दिदैं गरेको चिकित्सकहरु पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउन धरान आइपुगेका छन् ।  गत असार १५ गते मादकपदार्थ सेवन गरि उपकुलपति वार्तामा बसेपछि वार्ता भाडिएको थियो । उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा पहिलो बटमलाइनमा राखेका छन् । उपकुलपतिले मादकपदार्थ सेवन गरेर वार्तामा आउनु र अन्य पदाधिकारीहरुले रोक्न नसक्दा चारै जना पदाधिकारीहरु गैह्रजिम्मेवार रहेको आरोप लगाउँदै पहिलो माग नै राजिनामा रहेको छ ।  संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानमा दैनिक विरोध सभा गर्दै आएका छन् भने देशका विभिन्न स्थानमा पनि विरोध सभा, प्रदर्शन भइरहेको छ । केही दिनअघि डा. गोविन्द केसीले प्रेस विज्ञप्ति जारी गरि चारै पदाधिकारीहरुको राजिनामाको माग गरेका थिए ।  शुक्रवार विज्ञप्ति जारी गर्दै डा. केसीले पदाधिकारीहरूको कार्यशैलीकै कारण पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । भ्रष्ट र दलीय आधारमा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएकाले पनि यस्तो अवस्था आएको उनको भनाइ छ । त्यसपछि क्रमशः पेशागत संघ संगठनहरुले पनि विज्ञप्ति जारी गरी आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउँदै पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा बन्द गरिनुपर्ने माग गरेका छन् । झापा, बुटबल, काठमाडौंमा दैनिक धर्ना तथा विरोधसभा भइरहेको छ ।  गत शुक्रवार सरकारी चिकित्सक संघ नेपालले ऐक्यबद्धता जनाउँदै प्रभावकारी अध्ययन–अध्यापन तथा नतिजामुखी अस्पताल सञ्चालन होस् भनि मेडिकल विश्वविद्यालयलाई अध्ययन अध्यापनको भुमिकामा राख्ने र अस्पतालहरु सोझै मन्त्रालय अन्तर्गतको व्यवस्थापनले सञ्चालन गर्नुपर्ने संघको पुरानै मागलाई स्तरण गराएको छ ।  त्यसैगरी नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले सत्यतथ्य छानबिन गर्नको लागि अविलम्ब उच्च स्तरिय छानबिन समिति गठन गरी वार्तामार्फत उत्पन्न समस्या समाधान गर्न माग गरेको छ ।  त्यसैगरी संघको धराननगर शाखाका कार्यवाहक अध्यक्ष डा. रविन मास्केले पनि प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति पूर्ण समर्थन रहेको बताएका छन् । त्यस्तै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन केन्द्रले पनि विज्ञप्ति जारी गरेका छन् । आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा दैनिक रुपमा विरोध प्रदर्शनी भइरहेको छ । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै वीपी प्रतिष्ठान सुधार्ने आन्दोलन राज्यका सबै संस्था सपार्ने शुरुवात बन्नसक्छ, दलाली र दलीय स्वार्थ चक्रबाट स्वास्थ्य सेवालाई स्वस्थ्य राखौं भन्दै अपरान्ह ४ बजे माइतिघर आउन आग्रह गरेका छन् ।  आन्दोलनलाई थप बलियो बनाउन संघर्ष समितिले प्रतिष्ठानका सरोकारवालाहरुसँगको व्यापक छलफल चलाइरहेको छ । पूर्व उपकुलपति, स्वास्थ्य विज्ञहरुसँग छलफल र बहस गरेपछि त्यसको निष्कर्षपछि पुनः आन्दोलनको बाटो तय हुने समितिका संयोजक डा. एसपी रिमाल बताउँछन् ।  आन्दोलनले पहिलो माग नै चारै जना पदाधिकारीहरुले नैतिकताको आधारमा राजिनामा रहेको छ । रिमालले भने, ‘उपकुलपतिले मादकपदार्थ सेवन गरेर वार्तामा बस्नु, प्रोफेसर नभइ आफै पद लेख्नु त्यसले गर्दा राजिनामा दिनुपर्छ, अन्य पदाधिकारीले चै त्यो अवस्थालाई रोक्न नसक्नु, पदिय जिम्मेवारी पूरा गर्न नसकेकोले राजिनामा दिनुपर्छ ।’ अनियमितता र भ्रष्टाचारको आरोपलाई स्पष्ट पार्न सरकारले छानबिन समिति गठन गरेर संवैधानिक आयोगले अध्ययन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ । उनले भने, ‘अहिलेका चारै पदाधिकारीले राजिनामा दिए पछि नयाँ आउने पदाधिकारीको चयन नियमावली अनुसार मापदण्ड पुर्‍याएर ल्याउनुपर्छ ।’