वीपी प्रतिष्ठान बचाउन युवाहरुको दिनहुँ धर्ना

प्रतिष्ठानको सेवा खस्कदै गएको, बेथिती र अनियमितता व्याप्त भएको र सर्वसाधारण विरामीहरुले सास्ती खेप्नु परेको भन्दै युवाहरुले ४ दिनदेखि स्वतस्फुर्त प्रदर्शन तथा धर्ना दिएका हुन्।...

सम्बन्धित सामग्री

खोटो वीपी प्रतिष्ठान : छैन सुध्रने छाँट

धरान– पछिल्लो एक सातायता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान फेरि अस्तव्यस्त हुन थालेको छ । यसपटक चिकित्सकहरु कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीविरुद्ध आन्दोलित हुँदा बिरामी उपचार सेवा प्रभावित बनेको छ । स्थापनाको तीन दशक पूरा हुनै लागेको वीपी प्रतिष्ठान एक दिन पक्कै सुधार होला भनेर सोच्ने सरोकारवाला, स्थानीय बुद्धिजीवि र सेवाग्राहीहरु एकपछि अर्को विवाद, […]

धरानमा डेंगुको प्रकोप: वीपी प्रतिष्ठान जाँदैनन् बिरामी

डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परीक्षण किट उपलब्ध गराउन पत्राचार गरेको छ।...

खानेपानी अभावले वीपी प्रतिष्ठान अस्पतालको सेवा पनि प्रभावित

खानेपानीको चरम अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवासिय क्षेत्रसँगै अस्पताल सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ।...

खानेपानी अभावले वीपी प्रतिष्ठान अस्पतालको सेवा पनि प्रभावित

खानेपानीको चरम अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवासिय क्षेत्रसँगै अस्पताल सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ।...

वीपी प्रतिष्ठान सुधार कार्यदलले बुझायो प्रतिवेदन

घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा वार्ता भएको थियो। उपकुलपति डा.ज्ञानेन्द्र गिरीको उपस्थितिमा भएको वार्ताले अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।...

डिजिटल बन्दै वीपी प्रतिष्ठान, रिपोर्ट पनि अनलाईनबाटै

पुस ३, धरान । केही दिनअघि अनलाइनबाटै ओपिडीको पूर्जी काट्न सक्ने सेवा शुरु गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिहीवारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा सेवा शुरु गरेको हो । अब ल्याबको रिपोर्ट लिन पनि लाइनमा बस्न नपर्ने र अनलाइन वा वीपी प्रतिष्ठानको एप्समार्फत मोवाइलमै रिपोर्ट हेर्न सकिने प्रतिष्ठान डेपुटी अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।  उनले भने, ‘अब रिपोर्ट लिन लाइन लागेर घण्टौ उभिनु पदैन, जहीबाट पनि मोवाइल एप्सबाटै आफ्नो रिपोर्ट हेर्न सकिन्छ । नपढेका मान्छेले पनि पढेलेखेकालाई पासवर्ड दिएर रिपोर्ट हेर्न, प्रिन्ट गर्न सकिन्छ ।’ अस्पताल प्रशासनका अनुसार नयाँ सिस्टमले द्रुतगतिमा काम हुन्छ भने जनशक्ति पनि विगतमा जस्तो धेरै आवश्यक पर्दैन । डा. साहले भने, ‘अब मेशिनको डाटा सिधै सिस्टममा जाने, र भेरिफाइ गरेपछि अनलाइनमा जान्छ, त्यसैले जनशक्ति पनि थोरै भए हुन्छ, र द्रुतगतिमा काम हुन्छ, पहिला परीक्षण गर्ने मेशिनमा आएको तथ्यांकलाई कागजमा लेखेर कम्प्युटरमा टाइप गर्दा जुन मानवीय त्रुटी हुने जोखिम थियो, अब हुँदैन ।’ मिदासका बिजनेश मेनेजर राजिव कार्कीका अनुसार प्रतिष्ठानको सेन्ट्रल ल्याब र इर्मजेन्सी ल्याबको रिपोर्ट मोवाइल एप्सबाटै हेर्न सकिन्छ । यसको लागि वीपीकेआइएचएस एप डाउनलोड गर्नुपर्ने उनले बताए ।  एपको प्रोफाइलमा गएर युजर नेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्नसकिने कार्कीको भनाइ छ । ‘कुनै पनि टेष्ट गर्नुपर्दा विल काट्नुपर्छ, त्यो विलमा नै युजरनेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्न सकिन्छ,’उनले भने । विदेशमा भएका आफन्तले विरामीको रिपोर्ट मोवाइलमा हेरेर त्यहीको विशेषज्ञसँग सल्लाह लिन पनि सक्ने डेपुटी अस्पताल निर्देशक डा.साह बताउँछन् । उनका अनुसार यो सिस्टम ओपिडीको हरेक डाक्टरको अघि मनिटर राखेर सिधै रिपोर्ट हेर्न सक्ने बनाउने भावी योजना छ ।

वीपी प्रतिष्ठान शुद्धिकरण अभियान : आन्दोलनमा धरान किन मौन ?

असार २७, धरान । तत्कालिन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापना सँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो ।  स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनका लागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गए पछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्षदेखि लथालिंग बनेको प्रतिष्ठानको अहिले आर्थिक भार सहित सेवा सुविधानै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाको लागि धराने जनताको आन्दोलन जति उचाईमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै गएको बेथिती नियन्त्रणमा धरानको चासो कम हुन थालेपछि अहिले प्रतिष्ठान धरायसी बन्दै गएको हो । प्रतिष्ठान प्रतिको जिम्मेवारी निर्वाह गर्न धराने जनताले अपनत्व महशुस नगर्दा अहिलेको बेथिती बढ्दै गएको अग्रज पत्रकार हर्ष सुब्बाको भनाइ छ ।  मृत शहर बन्दै गएको अवस्थामा प्रतिष्ठान ल्याउन धराने जनताको आन्दोलन सफल भयो तर त्यसलाई अपनत्व महशुस गर्न नसक्दा समस्या बन्दै गएको उनी बताउँछन् । उनले भने, ‘सरकार फेरिदै पिच्छे पदाधिकारी आउने परिपार्टी शुरु भए पछि पदाधिकारीहरु सरकार प्रति उत्तरदायी बने, धरान जनता प्रति उत्तरदायी भएनन्, जसले गर्दा अवस्था गिर्दै गएको छ ।’ प्रतिष्ठान सुधारका लागि विभिन्न समयमा धराने जनताले आन्दोलन नगरेका भने होइन् । पटक पटक प्रतिष्ठानको सुधारका लागि आन्दोलन सहित छलफल समेत गरेका थिए । छानबिन समिति बनेर प्रतिवेदनहरु समेत सार्वजनिक भएका छन् । तर ती छलफल, आन्दोलनले कुनै प्रभावकारीता देखाउन सकेन ।  राजनीतिक स्वार्थमै चलखेल गर्नेहरु नागरिक समाजको आन्दोलनमा सरिक हुँदा प्रभावकारी नदेखिएको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘यहाँका नागरिक समाज भने पनि कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राख्नेहरु भए, पार्टीको लाइन अनुसार चल्ने हो, अगुवाहरु पनि कुनै कुनै पार्टीसँग आवद्ध छन् । दलका नेताहरु पनि पदाधिकारीहरुसँग नजिक हुन खोज्ने, आफ्नो स्वार्थका लागि काम गर्नेहरु छन्, त्यसैले कसरी उनीहरु प्रभावकारी आन्दोलनमा लाग्छन् त ?’ गैह्रराजनीतिक रुपमा आन्दोलनलाई उठाउनु पर्ने उनको भनाइ छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणका लागि विगत २७ दिन देखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु आन्दोलनमा छन् । भ्रष्टाचार र अनियमिततामा मुछिएका पदाधिकारीहरुको राजिनामा सहित प्रधानमन्त्रीको पहलमा वार्ता समिति गठनको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको आन्दोलन अहिले देशव्यापी बनेको छ ।  राजधानीमा नागरिक समूह बनाएर आन्दोलन अघि बढिरहँदा धरानमा भने निस्क्रिय छ । प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा नागरिक दबाब सञ्जाल गठन गरिएको छ । सञ्जालले पदाधिकारीहरुसँग छलफल वार्ता गरेको छ तर सडकमा भने आउन सकेको छैन । प्रतिष्ठानमा चलिरहेको आन्दोलनलाई सहयोग पुग्ने गरि धरानका जनताको आन्दोलन नभएको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ । धरानका जनताले निर्णायक आन्दोलनमा उत्रनु पर्ने उनीहरु बताउँछन् ।  यता नागरिक दबाब सञ्जालका संयोजक प्रा.डा. शर्मा पनि प्रतिष्ठानका आन्दोलनरत पक्षले अपेक्षा गरे अनुसारको आन्दोलन धरानमा हुन नसकेको उनी स्वीकाछन् । उनी भन्छन्, ‘चिकित्सकहरुको भनाइ जायज हो, धरानले गडाङगुडुङ गरेको छैन, त्यसैले उहाँहरुलाई त्यस्तो लागेको हो ।’  तर धराने जनताको लडाई जारी नै रहेको उनको भनाइ छ ।  प्रतिष्ठानमा आन्दोलन गरिरहेका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुको संयुक्त संघर्ष समितीले पदाधिकारीहरुको राजिनामा बटमलाइन बनाएका छन् । तर नागरिक दबाब सञ्जालको बटमलाईन उच्चस्तरिय छानबिन समिती रहेको छ । राजिनामा समाधान नभएको प्रा.डा. शर्मा बताउछन् । उनी भन्छन्, राजिनामा समाधान होइन्, असार १५ पछि सबैको राजिनामा बटमलाइन बनाए, हामीले चै समाधानको लागि दोषिलाई कारवाही गर्नुपर्छ, दोषिको को हो, छानबिन गरिपाउँ र कारवाही गरौं भन्ने चै नागरिकहरुको आवाज हो ।’ आन्दोलनकारीसँग एकाकार भएर काम गरिरहेको भए पनि नागरिक संजालले दोषि माथि कारवाहीको माग भएकाले सोही अनुसार काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीको मा डेलिगेसन जाने तयारी भइरहेको उनको भनाइ छ । संघर्ष समितीले शुरु गरेको शुद्धिकरण अभियानमा नागरिक दबाब सञ्जाल एक रहेको उनी बताउछन् । उनले भने, चिकित्सकहरुले शुद्धिकरण अभियान राजिनामाबाट थाल्ने भन्नुहुन्छ, नागरिक सञ्जालले छानबिनबाट थालौं भनेको हो, त्यत्तिको कुरा ।’ धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरण अभियान अन्तर्गत जारी आन्दोलन २७ दिनसम्म पनि जारी नै रहेको छ ।  प्रतिष्ठान सुधारका माग राखेर आन्दोलन गरिरहँदा पनि सरकार भने अझै मौन छ । प्रतिष्ठान सुधार गर्न सरकार आफैं अग्रसर हुनुपर्नेमा सरकारको यो मौनताले अनियमिततामा सरकारकै हात रहेको आशंका गर्न थालिएको छ ।

वीपी प्रतिष्ठान सुधार गर्न दबाब सञ्जालको एक हप्ते अल्टिमेटम

सञ्जालले सोमबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई समस्या र तत्काल सुधार गर्नुपर्ने बिषयहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाउदै एक साताको अल्टिमेटम दिएको हो।...

वीपी प्रतिष्ठान धरानमा थप दुईजना संक्रमितको मृत्‍यु

५ जेठ, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बेलबारी-९ मोरङका ६५ वर्षीया महिलाको मंगलबार साँझ ६: ३० बजे मृत्‍यु भएको छ । उनलाई जेठ २ गते कोरोना संक्रमण देखिएपछि जेठ ३ गते भर्ना गरिएको थियो । यस्तै सुन्दरहरैचा-१० मोरङका ७२ वर्षीय पुरूषको मंगलबार साँझ ५:५० बजे मृत्‍यु […]

वीपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्‍यु

२९ वैशाख, काठमाडौं ।वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । धरान-१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो २:३० बजे मृत्‍यु भएको वीपी प्रतष्ठान धरानले जनाएको छ । उनलाई वैशाख २८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचापको विरामी थिइन् । यससँगै वीपी […]