विश्व बैंकका अध्यक्षको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’

जेठ, १३ काठमाडौं  । रुसले युक्रेनमा अतिक्रमण गरेसँगै  पछिल्लो समय विश्वभर महँगी बढेको छ । खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ । यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने र यसलाई रोक्न नसकिने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्षले चेतावनी दिएका हुन् । विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्ने क्रममा यस्तो बताएका हुन् । विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउन भन्ने आकलन गर्न गाह्रो भएको उनको भनाइ छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण नियन्त्रण गर्न कयौं शहरमा कठोर खालको लकडाउन गरिएको आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बलियो बन्दै गइरहेको छ । मलपासको अभिव्यक्तिलाई विश्व अर्थतन्त्र खुम्चिने जोखिमसम्बन्धी पछिल्लो चेतावनीका रुपमा हेरिएको छ । ‘विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनहरूलाई हेर्दा... .. मन्दी कसरी छल्छौं भनेर हेर्न कठिन भएको छ,’ मालपासले भनेका छन्  । यद्यपि, विश्व अर्थतन्त्रमा कत्तिको संकुचन आउँछ भन्नेबारे चाँहि उनले केही पनि बताएका छैनन् । इन्धनको मूल्य दोब्बर हुन्छ भन्ने परिकल्पना नै आर्थिक मन्दी निम्त्याउन पर्याप्त कारक भएको उनले बताएका छन् । गएको महीना विश्व बैंकले यस वर्ष विश्वको आर्थिक वृद्धिको प्रक्षेपण एक प्रतिशत अंकले घटाएर ३ दशमलव २ प्रतिशतमा झारेको थियो । यूरोपका कयौं अर्थतन्त्रहरु रुसी तेल र ग्यासमा निर्भर छन् । तर यिनीहरुले निर्भरता कटौतीको योजना बनाएका छन् । रुसको ग्यास आपूर्ति कटौती गरेमा यूरोपेली क्षेत्रमा उल्लेख्य सुस्ती आउन सक्ने मालपासको भनाइ छ । इन्धनको उच्च मूल्यको कारण जर्मन अर्थतन्त्र यस अघि नै दबाबमा आइसकेको छ । शाङ्हाई समेत चीनका कयौं मुख्य शहरमा लकडाउनप्रति पनि उलने चासो देखाएका छन् । चीनको रियल इस्टेट क्षेत्र पहिलादेखि नै खुम्चिरहेको छ । यस्तोमा कोभिडका कारण लगाइएको लकडाउनले चीनको आर्थिक वृद्धिदरमा उल्लेख्य कमी ल्याउने देखिएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

व्यापारिक मलमा आर्थिक मन्दीको असर

काठमाडौं : कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीका कारण व्यापारिक मलमा लगानी असुरक्षित बनेको छ।कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका छन्। हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ।२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको उक्त मल सोमबारबाट पूर्ण रूपमा बन्द भएको हो। विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भ

दूध अभावले पेडा व्यवसाय संकटमा

जनकपुरधाम– दूध अभावले सप्तरीको बरमझियास्थित पेडा व्यवसाय संकटमा पर्न थालेको छ । पछिल्लो समय देखा परेको विश्वव्यापी आर्थिक मन्दी र कोरोना प्रभावका कारण थाला परेको यो व्यवसाय अझसम्म उठ्न सकेको छैन । पेडाका लागि उपयोगी मानिएको भैंसीको दूध आपूर्ति हुन नसक्दा यो व्यवसाय प्रभावित भएको हो । कञ्चनरुप नगरपालिका वडा नम्बर २ मा पर्ने बरमझियादेखि […]

पाटा सम्मेलनः विश्वव्यापी आर्थिक मन्दी पर्यटनको सर्वत्र चिन्ता

पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच वहस भएको छ। सम्मेलनमा सहभागि विज्ञहरुका अनुसार पर्यटन क्षेत्रले आर्थिक मन्दीको गम्भिर मार खेप्नुपरेको छ। विज्ञहरुका अनुसार महंगीका कारण पर्यटकहरु घुमघाममा जान नसकेको, खर्चमा कटौती गरेको, छोटो दूरीको यात्रामा मात्र निस्कन थालेका छन्।

युवामैत्री सरकारका अवसर र चुनौती

देशको गिर्दो आर्थिक अवस्था, अस्पष्ट राजनीतिक अवस्था, आकलन गरिएको विश्वव्यापी आर्थिक मन्दी, जनताको गिर्दो आशा र अपेक्षाबीच धेरै अवरोध पन्छाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

जी–२० को नयाँ नेतृत्वले गर्नुपर्ने काम

भारतले १ डिसेम्बरमा जी–२० को अध्यक्षका रूपमा पदभार ग्रहण गरेको छ । वास्तवमा पद ग्रहणका लागि अहिले उपयुक्त समय थिएन । विश्वव्यापी आर्थिक मन्दी हाम्रो दैलोमै पुग्न आँटेको छ । युक्रेनमा जारी द्वन्द्वले...

विश्वव्यापी आर्थिक मन्दी छाउन लागेको हो ?

विश्वव्यापी मन्दीको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ)का प्रमुखदेखि नोबेल

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी

काठमाडौँ- विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण देश विश्वको अर्थतन्त्र विश्वव्यापी मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् । आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र […]

अतिरिक्त कर र प्रतिबन्ध खारेज गर्न अमेरिकासँग चीनको आग्रह

बेइजिङ । चीनले आफूविरूद्ध संयुक्त राज्य अमेरिकाले लगाएका थप कर, प्रतिबन्ध र अन्य दमनकारी उपाय हटाउन बिहीबार आग्रह गरेको छ । चीनले सम्झौता लागू भएदेखि संयुक्त राज्य अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ । यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरुद्ध आपूर्ति श्रृङखलाको धेरै […]

अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा विश्वव्यापी आर्थिक मन्दी घोषणा

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी आर्थिक मन्दी सुरु भएको बताएको