पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच वहस भएको छ।
सम्मेलनमा सहभागि विज्ञहरुका अनुसार पर्यटन क्षेत्रले आर्थिक मन्दीको गम्भिर मार खेप्नुपरेको छ। विज्ञहरुका अनुसार महंगीका कारण पर्यटकहरु घुमघाममा जान नसकेको, खर्चमा कटौती गरेको, छोटो दूरीको यात्रामा मात्र निस्कन थालेका छन्।