एजेन्सी । भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनासंक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भए यताकै यो सव भन्दा धेरै भएको समाचारमा जनाइएको छ । मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक कर