एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।